१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

छैठाै राष्ट्रिय भाक्का दिवसकाे राैनक, भाक्का पारखीका लागि अवसर ( तस्वीरहरूसहित)



फाेटाेेहरू : आत्माराम राजवंशी

भाक्काकाे राैनक

विर्तामोड २९, पुस/ झापाको बिर्तामोडमा  छैटौँ राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरेर मनाएकाे छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुष २९ गते बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा भाका दिवस मनाईएकाे हाे ।

राजवंशी, ताजपुरिया, गन्गाईलगायत विभिन्न समुदायको लोकप्रिय परिकार भाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई भाकाको प्रचार र व्यवसायको प्रर्वद्धन गराउने उद्देश्यले हरेक वर्ष बिर्तामोडमा राष्ट्रिय भाक्का दिवस मनाइदै आएको अध्यक्ष  अभय राजवंशीले जानकारी दिए ।
भाक्का दिवसमा डा. विष्णु बरालको विशेष मन्तव्य, श्री श्री १००८ हिमालय पिठाधिश्वर स्वामी गिरेन्द्रनन्द महाराजको विशेष प्रवचन, कवि/चित्रकार प्राज्ञ पवन राजवंशीको भाक्का  कवितात्मक चित्रकला प्रर्दशनी, गायक बल बहादुर राजवंशी, बलराम राजवंशी, प्रमाेद राजवंशी, पिङ्की राजवंशीलगायतले गायन प्रस्तुत गरेकाे आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : २६ बजे