१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार शान्ति सुब्बाकाे परिवारमा शाेक



दमक/ झापा गौरादह निवासी पत्रकार शान्ती सुब्बाको परिवारमा शोक परेको छ । नेपाल पत्रकार महासंघकी सदस्य तथा नेपाल प्रेस युनियन झापा र सक्रिय पत्रकार सञ्जाल दमककी कार्यसमिति सदस्य समेत रहेकी सुब्बाका दाजु बिकास सुब्बाको उपचारका क्रममा आज सोमबार बिहान कोशी अस्पताल विराटनगरमा निधन भएको हो ।
अन्दाजी ३५ बर्षिय सुब्बाको आज (सोमबार)नै लखनपुरस्थित सीतापुरीस्थित जंगलमा परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । स्वर्गीय सुब्बाको परिवारमा बुबा, आमा , एक भाई र बहिनी शान्ति छन ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ४३ बजे