१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘दाेर्हाेयाएर, तेर्याएर भन्छु पार्टी राम्राे चलेकाे छैन्’ – पुर्व केन्द्रीय सदस्य घिमिरे



गाैरादह १६, पुस / नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले नयाँ पुस्ताले ग्रहण गर्न सक्ने खालकाे तरिका अपनाई पार्टी सञ्चालन गर्नु पर्ने बताएका छन् ।
४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अवसरमा नेपाली कांग्रेस गाैरादह नगर कमिटिले आज शनिवार आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य घिमिरेले नेतृत्वले पार्टी भित्र गरेका गल्ती कमजाेरीकाे ढाकछाेप नगरी आत्मसमीक्षा नगर्ने हाे भने पार्टी राम्राेसंग चल्न नसक्ने बताए ।
२०४७ सालदेखि हालसम्म एउटै पुस्ताले राज्य सत्ता सञ्चालनमा रहेकाले पार्टी र देशकाे अवस्था परिवर्तन हुन नसकेकाे दाबी गर्दै नेता घिमिरेले प्रतिनिधिसभाकाे सबै भन्दा ठुलाे दल हुदाँ हुँदै प्रतिपक्ष बन्न पुग्दा पार्टी नेता कार्यकर्ताहरूमा निराश छाएकाे बताए । ‘राम्राे चलेकाे छैन । पार्टीकाे अवस्था राम्रो छैन् ।दाेर्हाेयाएर, तेर्याएर भन्छु पार्टी राम्राे चलेकाे छैन् जसले देशकाे अवस्था राम्रो छैन,’ – नेता घिमिरे भने ।
नेपाली कांग्रेस पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य , सावधानी र पार्टी भित्र एकता नभएर सबै कुरा गुमाएकाे नेता घिमिरेकाे भनाई थियाे ।
विश्वका ठुल्ठुला महापुरूषहरूले छाेटाे समयमा कृतिमान राखेकाे र साना साना देशहरूले पनि कम समयमा धेरै उन्नति र प्रगति गर्न सकेकाे उदाहरण प्रस्तुत गर्दै नेता घिमिरेले कांग्रेस पार्टी त्यतीकै समयमा झन – झन सकिएको टिप्पणी गरे ।
बारम्बार त्यहि नेता मन्त्री, त्यही नेता सांसद, त्यहि नेता प्रधानमन्त्री कहिल्यै बदल्न नखाेज्ने नेतृत्व फल नफुल्ने वृक्षलाई कहिलेसम्म बाेकिराख्ने प्रतिप्रश्न गर्दै नेता घिमिरेले जनता तिर कहिल्यै नहेरेकाे परिणाम हाे याे भने ।
नेपाली कांग्रेस गाैरादह कमिटिका सभापति गाेपाल प्रसाद काेईरालाकाे सभापतित्वमा भएकाे कार्यक्रममा नगर सभापति गाेपाल प्रसाद काेईराला, महाधिवेशन प्रतिनिधि हेमन्त कार्की, क्षेत्रिय सभापति डुण्डीराज भण्डारी, उतम कुमार चाैलागाईलगायतले बाेलेकाे कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कमिटि सदस्य भुमिराज राई, नेपाली कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईं, राेहित कुमार साह, महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधि सभाका प्रत्याशी उम्मेदवार डा. पाण्डब अधिकारी, प्रदेश सभा उम्मेदवार जीवन राई, महाधिवेशन प्रतिनिधि लक्ष्मी बारर्हकाेटी, महिला नेतृ रामकुमारी पाैडेललगायत जिल्ला सदस्यहरू, पुर्व जिल्ला सदस्यहरू , क्षेत्र नं. ५ क का प्रदेश उपसभापतिद्वय आत्माराम राजवंशी, पदम ढुंगाना, क्षेत्रिय प्रतिनिधिहरू, वडा सभापतिहरू, भातृसंघ संस्थाका प्रतिनिधीलगायतकाे सहभागी थियाे ।
गाैरादह रेडक्रस साेसाईटिमा सर्वसम्मत चयन हुनुभएका कांग्रेस पार्टीका प्रतिनिधिहरूलाई सम्मान, स्वागत र गाैरादह कृषि क्याम्पसका विद्यार्थीलाई विदाई गरिएकाे कार्यक्रमकाे सञ्चालन नगरसचिव माधव काेईरालाले गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : १३ बजे