४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१)ले पाँचजना नेतालाई अनुशासनको कारबाही गर्न सिफारिस, नेता प्रसाईलाई स्पष्टीकरण



गाैरीगंज १०, पुस/ नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१)ले पाँचजना नेतालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै उनीहरूलाई नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१) द्वारा गठित अनुशासन समितिले अनुशासनको कारबाहीका लागि जिल्ला समितिलाई सिफारिस गरिएको हो।

नेपाली काङ्ग्रेस कमल गाउँपालिकाका सभापति बुद्धिराज न्यौपाने, गौरादह वडा नं. २ का सभापति विजय कन्दङ्वा, नेपाल शिक्षक संघका झापा जिल्ला उपसभापति बद्री कार्की, पुर्व क्षेत्रीय उपसभापति ज्ञानेन्द्र खत्री र नेपाली काङ्ग्रेस प्रदेश अधिवेशन प्रतिनिधि भोला चक्रवतीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको छ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कार्की, न्यौपाने, चक्रवती र कन्दंङ्वालाई कारबाही सिफारिस गरिएको प्रदेश स्तरीय अनुशासन समितिले जानकारी दिएका छन् ।

कार्की, न्यौपाने कन्दङ्वाले निर्वाचन अभियानमा आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्नु भन्दै काङ्ग्रेस उम्मेदवारलाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ।

नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय उपसभापति ज्ञानेन्द्र खत्रीले आफु स्वतन्त्र रहेको भन्दै सूर्य चिन्हमा मत माग्ने कार्य गरेका कारण क्रियाशील सदस्य समेत नरहेन गरि कारबाहीका लागि सिफारिस गरेको छ।

प्रदेश अधिवेशन प्रतिनिधि भोला चक्रवतीले पार्टी र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक संजालमा जथाभावी लेखेका कारण कारबाही सिफारिस गरिएको छ ।

पार्टीको प्रदेश स्तरिय अनुशासन समितिमा पर्न आएको उजुरीउपर छानबिन गर्दा न्यौपाने, कार्की, चक्रवती र कन्दङ्वाले पार्टीको आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको प्रमाणका पर्याप्त आधारहरू प्राप्त भएका कारण कारबाहीका लागि सिफारिस गरिएको हाे ।

यस्तै, काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईलाई स्पष्टीकरण सोधिने भएको छ। उनलाई पार्टीको जिम्मेवार तहमा जिम्मेवारी निर्वाह नगरेको भनि उजुरी परेको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : १९ बजे