१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाकाे क्षेत्र नं. ५ मा सूर्यमा धेरै मत र दोश्रो घण्टिमा, नेकपा एसभन्दा जनमत पार्टी ठुलो



दमक / झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टि चुनाव चिन्हमा दोस्रो पपुलर मत आएको छ । नेकपा एमालेको चुनाव चिन्हमा पहिलो पपुलर मत आँउदा घण्टिमा दोश्रो पपुलर मत आएको हो । मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुले घण्टिमा आएको मत देखेर अचम्म मानेकाछन् ।

पार्टीका संगठन र जनबर्गिय सगठन परिचालन गर्नका साथै प्रचारप्रसारमा समेत खर्च गरेका राजनीतिक दलहरुको कम मत र निर्वाचन अघि खास प्रभाव नदेखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बढि मतले स्थानीय राजनीतिक बृतमा चर्चाको बिषय बनेको छ । पुराना राजनीतिक दलहरुले अपेक्षा गरे अनुसार समानुपातिकमा मत पाएका छैनन् ।

प्रत्यक्षमा गठबन्धन र तालमेल गरेका कारण पार्टीको याकिन मत थाहा नहुने भएकाले समानुपातिक मतले पार्टीको उपस्थिति र प्रभावलाई राजनीतिक दलहरु आफु कुन अवस्थामा छु भन्ने थाहा पाउन सक्छन् । निर्वाचन एरिया अर्थात क्षेत्रगत रुपमा हेर्दा नेकपा एमाले यो क्षेत्रको पहिलो पार्टी बनेको छ ।

झापा ५ को समानुपातिक मतको मतगणनाको अन्तिम बिवरण अनुसार ३५ हजार ८७२ मत एमालेले र १८ हजार २०५ मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ । तेस्रो नेपाली काँग्रेसले १६ हजार ८५९ र चौथोमा नेकपा माओबादी केन्द्रले ८ हजार ६८० मत प्राप्त गरेको छ । त्यसछि राप्रपाको मत रहेको छ । राप्रपाले ७ हजार ३७० मत प्राप्त गरेको छ ।

नेकपा एस कमजोर देखिएको छ । यस पार्टीले सिके राउतले नेतृत्व गरेको जनमत पार्टी भन्दा कम मत ल्याएको छ । नेकपा एसले ५५६ मत ल्याउदा जनमत पार्टीले त्यसको तीन गुणाभन्दा बढि १ हजार ८५० मत ल्याएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ४४७ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ०४ बजे