३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेससहितकाे गठबन्धन दलहरूकाे प्रचार अभियान तीब्र



गाैरीगंज २, कार्तिक /
झापाको क्षेत्र नं. ५ मा नेपाली कांग्रेस माओवादीसहितकाे गठबन्धन दलहरूले संयुक्त प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका गठबन्धन दलहरूकाे तर्फका उम्मेद्वार डा. खगेन्द्र पाण्डब अधिकारी तथा प्रदेश (क) का प्रदेश सदस्य उम्मेद्बार जीवन कुमार राईले कार्यकर्ता भेटघाट अभियानलाई तिब्र पारेका हुन् ।

आज बुधबार गाैरीगंज गाउँपालिका वार्ड नं. ४ काे बार्हसुद्वि, नयाँहाट, बेलडाँगी, कदमगाछी, कद्दुभिट्टा, चन्द्रबंशी टाेल, भवानीपुर, बेलडाँगी, सुकुम्बासी टाेल, लगायतका स्थानमा कार्यक्रम सम्पन्न गरिएको गठबन्धन दलका चुनाव प्रसार समितिका संयाेजक हेमन्त कार्कीले बताए ।

 यस दक्षिणी क्षेत्रमा रहेका सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समानान्तर तवरले सम्बोधन गर्दै रतुवा पुल सञ्चालन, भन्सार कार्यालयकाे स्ताेरन्नी, कृषि सिंचाई , माेवाईल टावर स्थापना, नयाँहाट बजारकाे स्ताेरन्नती गर्ने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
झापा क्षेत्र नं. ५ का संघिय सांसद उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, प्रदेश ‘क’ का उम्मेदवार जीवन कुमार राईसहित नेपाली कांग्रेस प्रदेश १ का कार्यसमिति सदस्य प्रकाश कार्की, महाधिवेशन प्रतिनिधि तथा पुर्व गाैरादह नगर प्रमुख राेहित कुमार साह, क्षेत्रिय चुनाव परिचालन संयाेजक डुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि लक्ष्मी बार्हाकाेटी, चुनाव परिचालन समिति संयाेजक हेमन्त कार्की, माअाेवादी केन्द्रका नेता हुकुमसिंह नेपाली, नेपाली कांग्रेस प्रदेश ‘क’ का कार्यवाहक सभापति आत्माराम राजवंशी, गाैरादह नगर सभापति गाेपाल काेईराला, जिल्ला सदस्य ईश्वर खत्री, प्रदेश प्रतिनिधि भाेला चक्रवती, गाैरादह वार्ड नं. ७ का सभापति दिलनाथ कटुबाल, नेपाली कांग्रेस गाैरीगंज सभापति अघ्नु राजवंशी, नेपाली कांग्रेसका नेता महेन्द्र बुढाथाेकी, माअाेवादी केन्द्र गाैरादह अध्यक्ष कुमार खतिवडा, सचिव गाेपाल ताजपुरिया, वार्ड सभापति देवकुमार ताजपुरिया, वडा सचिव दिवस राजवंशी, क्षेत्रिय प्रतिनिधि नरविर नेम्वाङ, अगमलाल राजवंशी, देवनारायण राजवंशी, गाैरादह तरूण दल सभापति बाबुराम नेपाल, रेखा राजवंशी, लक्ष्मी राजवंशी, तुलसा राजवंशीलगायत नेपाली कांग्रेस माअाेवादी केन्द्रसहित गठबन्धन दलका नेता तथा कार्यकर्ताहरू गाैरीगंज वार्ड नं. ४ काे नयाँहाट, बार्हसुद्वि, कदमगाछी, कद्दुभिट्ट, चन्द्रवंशी टाेल, टेट्नाबस्ती, भवानीपुर, सुकुम्बासी टाेल, बेलडाँगीलगायतका टाेल बस्तीहरूमा भेटघाट तथा घरदैलाे कार्यक्रम सम्पन्न भयाे ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे