१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईलाका प्रहरी कार्यालय गाैरीगंजद्वारा अवकास प्राप्त पुर्व प्रहरीलाई सम्मान, विधिवतरूपमा फूलपाति भित्र्यायाे



गाैरीगंज १६, असाेज / ईलाका प्रहरी कार्यालय गाैरीगंजले वडा दशैं, तिहार तथा छठ पर्वकाे अवसरमा अाज आईतवार एक विशेष कार्यक्रमकाे आयाेजना गरि अमर प्रहरी परिवार र अवकास प्राप्त प्रहरीहरूलाई सम्मान गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे प्राङ्गनमा
पुर्व प्रहरी नायव उपरिक्षक शिवराज वस्नेत, सशस्त्र प्रहरी नायव उपरिक्षक बाबुराम कटुवाल, प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र श्रेष्ठ, प्रहरी नायव निरीक्षक हिडेन्द्र थापा, प्रहरी सहायक नवमी ताजपुरिया, प्रहरी सहायक निरीक्षक घनश्याम राजवंशी, प्रहरी सहायक निरीक्षक दिल बहादुर आचार्य, प्रहरी जवान लक्ष्मीनारायण श्रेष्ठलाई खादा अाेढाई सम्मान गरिएकाे थियाे । त्यसैगरी कार्यालयले अमर प्रहरी परिवारलाई समेत सम्मान गरेकाे छ । सम्मानित हुनेहरूमा उर्मिला राजवंशी र गाेमा बस्नेत थिए । ईलाका प्रहरी कार्यालय गाैरीगंजले यसरी अवकास प्राप्त पुर्व प्रहरी र अमर प्रहरी परिवलाई पहिलाे पटक सम्मान गरेकाे हाे ।
वडा दशैं, तिहार तथा छठ पर्वकाे अवसरमा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा जनप्रतिनिधी, स्थानिय नागरिक अगुवा, सरोकारवाला निकायका पदाधिकारी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा अमर प्रहरी परिवार तथा बिभिन्न दर्जामा अबकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरुलाई सम्मान गर्नुकाे साथै कार्यालयले बिधिवत रुपमा फुलपाती भित्राएकाे थियाे ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक जितेश दाहालकाे अध्यक्षतामा भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा गाैरीगंज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपिन्द्र थाप, वार्ड नं. १ का पडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २ का अध्यक्ष किनालाल राजवंशी, वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरीर वार्ड नं. ४ का अध्यक्ष फेका गिरी, वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गन्गाई, वार्ड नं. ६ अध्यक्ष बद्रीनारायण यादव, गाउँपालिकाका प्रशासन शाखाका अधिकृत विरेन्द्र खड्का, सशस्त्र सिमा सुरक्षा बल गाैरीगंजका प्रहरी निरीक्षक केदारजंग थापालगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : १७ बजे