१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजका कृषक समुहलाई अनुदानमा पम्प सेट



गौरीगंज ११, असोज / गौरीगंज गाउँपालिका भित्रका ५ वटा महिला कृषि समुहहरुले अनुदानमा कृषि सामाग्रीहरु पाएका छन् ।
गौरीगंज गाउँपालिकाको समन्वय र लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले कृषि सामाग्रीहरु अनुदानमा प्रदान गरेका हुन् । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज मंगलवार एक औपचारिक कार्यक्रम गरी कृषक समुहका सदस्हरुलाई पम्प सेट ४ थान (डिजल मेसिन), इलेक्ट्रीक मोटर सेट २ थान, पीभिसी सेक्सन पाइप, फुट भाउल्भ, निप्पल, क्लिम्पलगायतका कृषि सामागीहरु प्रदान गरेकी हुन् । गौरीगंज गाउँपालिका वार्ड नं. ५ को सरस्वती कृषि महिला समुह, गौरीगंज गाउँपालिका वार्ड नं. ४ को तुवावाहा कृषि महिला समुह, गौरीगंज गाउ“पालिका वार्ड नं. ५ को शिवशक्त्ति कृषि महिला समुह, गौरीगंज गाउँपालिका वार्ड नं. २ को रामनगर भाकुरमारी महिला समुह र गौरीगंज गाउँपालिका वार्ड नं. २ को कन्काई समुहलाई १ लाख ७० हजार ३ सय सइतीस रुपैया“ बराबरको कृषि सामाग्रीहरु प्रदान गरिएको संस्थाका संयोजक कुमार चुडालले जानकारी दिएका छन् । गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, एसएनजेडी संस्थाका अध्यक्ष सोमनाथ भट्टराई, कार्यपालिका सदस्य अघनु राजवंशी, अपाङ्ग संघ गौरीगंजका अध्यक्ष शेरमान बुढाथोकीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : १५ बजे