१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेविसंघ ईकाई समिति गाैरीगंजद्वारा संविधान दिवसकाे अवसरमा दिपप्रज्जवलन



गाैरीगंज ३, असाेज / संबिधान दिवसको अवसरमा आज साेमबार गाैरीगंज चाैकमा दिप प्रज्ज्वलन गरिएको छ । नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थि संघ गाैरीगंजको आयोजनामा भएको दिप प्रज्ज्वलन कार्यक्रममा सत्ता गठबन्धन दल र तिनका भात्री संगठनहरूकाे संयुक्तरूपमा सहभागीता रहेकाे नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य देवकुमार ताजपुरियाले जानकारी गराए । नेपाली विद्यार्थी संघ गाैरीगंज ईकाई समितिका सभापति राेशन यादवकाे समन्वयमा भएकाे दिपप्रज्जवलन पछि काेणसभालाई सम्बाेधन गर्दै माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता रञ्जित तामाङ, नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपिन्द्र थापा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कार्तिकलाल राजवंशीलगायतले नेपाली जनताको लामाे संघर्ष र बलिदानी पछि प्राप्त संबिधान नेपाली जनताकाे चाहाना र अावश्यकता बमाेजिम बनेकाे बताए । वर्तमाण संविधानमाथि प्रहार गर्ने र असफल बनाउने तत्वहरू अहिले पनि क्रियाशिल रहेकाले यसलाई जाेगाउन परिवर्तन पक्षधर दल र नेताहरू एकताबद्ध भएर लाग्नु पर्ने उनीहरूकाे भनाई थियाे । उनीहरूले नेपाली कांग्रेस र माअाेवादीलगायतकाे गठबन्धन सरकार चुनाव पछि पनि मुलुककाे उन्नति र समृद्धिकाे नेतृत्व पनि यिनै दलहरूले लिनु पर्ने धारणा राखे ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ३२ बजे