१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नं. १ सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले गाैरीगंज गाउँपलिकालाई दिए थप १ कराेड भन्दा बढी बजेट




गाैरीगंज २७, भदाै / प्रदेश नं १ सरकारका कृषि मन्त्री माननीय झलकसिहँ दर्लामी “सन्देश” को पहलमा यस गौरिगंज गाउँपालिकाको लागि थप केहि बजेट विनियाेजन भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे एक पालिका एक विशेष उत्पादन कार्यक्रम अन्तर्गत ताेरी खेतीका लागि रू २० लाख वजेट छुट्याएकाे माननीय कृषि मन्त्री झलक सिंह दर्लामीका स्वकिय सचिव दुर्गा नेम्वाङले जानकारी गराएका छन् ।
यहि महिनाकाे पहिलाे हप्तातिर कृषि मन्त्री दर्लामीले गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीसंग एक पालिका एक विशेष उत्पादन कार्यक्रम, कुञ्जिवारी कृषि बजार टहरा निर्माण र धान सुकाउने ड्रायर मेसिनलगायतका विषयमा अनुगमन र छलफल गरेका थिए । अनुगमन पछि ती याेजनाहरूका लागि कृषि मन्त्री दर्लामीले आवश्यक बजेट छुट्याउने प्रतिवद्वता जाहेर गरेका थिए ।
प्रदेश नं. १ सरकार कृषि मन्त्रालयबाट गाैरीगंज गाउँपालिका लागि गौरीगंज गाउँपालिका वार्ड नं. -१ मा कृषि बजार टहरा निर्माण रू .२० लाख, एक पालिका ,एक बिशेष उत्पादन कार्यक्रम अन्तर्गत तोरी खेतीको लागि रू .२० लाख, धान सुकाउने डायर मेसिनको लागि रू . २० लाख र गौरिगञ्ज वार्ड नं. १ मा हाम्रो चोक देखि कुञ्जिवारी भन्सार बोर्डर सम्मको बाटोमा रू ५० लाख बजेट छुट्याएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : १३ बजे