३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पुुुुुर्व नेपाल बहुउद्देश्यीय सहकारीकाे निक्षेप कर्ताकाे लागनी जाेखिममा भन्दै दियाे महालेखाले निर्देशन




दमक/ झापाको कमल २ तोपगाछीस्थित पूर्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको निक्षेप रकम जोखिममा पर्ने गरी कर्जा लगानी गरेको तथ्य फेला परेको छ ।
महालेखा परिक्षकको कार्यालयले गत आर्थिक बर्ष २०७८ / ०७९ मा गरेको गरेको मालपोत कार्यालय दमकको लेखापरिक्षण प्रतिवेदनमा एक जना ऋणीले २०७८ बैशाख ७ गते ६० लाख रुपैयाँ थैली अंक कायम गरी खरिद गरेको लखनपुरको ६ कठठा १५ धुर जग्गा सो सहकारी संस्थाले २०७८ बैशाख १३ मा दृष्टिबन्धक राखि २ करोड ५० लाख रुपैयाँ थैली अंक कायम गरी २ करोड ५० लाख रुपैयाँ ऋण दिएको पाइएपछि निक्षेपकर्ताको रकम जोखिम पर्न सक्ने भन्दै महालेखाले सम्बन्धित पक्षलाई सजग गराएको छ ।
महालेखाको प्रतिवेदनमा भनिएको छ – जग्गाधनीले आफनो अचल सम्पत्तीको खरिदमुल्य भन्दा अधिक मुल्याकंन गराई वित्तिय संस्थाबाट ऋण लिँदा र संस्थाले वास्तविक थैली भन्दा धितोको अधिक मुल्याकंन गरी कर्जा प्रवाह गरेका कारण संस्थाका सर्वसाधारण निक्षेपकर्ताहरुको निक्षेप जोखिममा पर्ने देखिन्छ ।
यो प्रकृयामा धितो बन्धकी राखेको जग्गाको कारोबार मुल्य भन्दा कम रकम थैली अंक राखेका कारण जग्गाको ५ प्रतिशत लाभकर समेत ८ प्रतिशतले हुन आउने कूल १५ लाख २० हजार रुपैयाँ राजश्व असुल गर्न र जोखिमयुक्त कर्जा असुल गर्न लगाई सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षा गर्न पनि निर्देशन गरेको छ । सो सहकारीमा निक्षेपकर्ताको निक्षेप जोखिममा पर्ने सम्भावना बढेपछि प्रहरीले समेत संस्थाका सञ्चालकहरुमाथि आवश्यक निगरानी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ४९ बजे