१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘जिल्लाभर विकासकाे लहर आउने छ’ : नेपाली कांग्रेस जिल्ला सभापति देउकुमार थेवे



झापा/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा डिला संग्रौलाले नेपाली कांग्रेस संविधान जोगाउन सरकारमा गएको बताएकी छन् ।

जनताले दिएको म्याण्डेट नेकपा एमालेले जोगाउन नसक्दा ओली सरकार ढलेर नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको उनले बताइन् । संविधान विपरीत नेकपा एमालेले नेतृत्व गरेको सरकार अघि बढ्न थालेपछि कांग्रेस लगायतका दलहरूको सहमतिमा संविधानको रक्षाका लागि कांग्रेस सरकारमा गएको उनले बताए ।

महामानव विशेश्वरप्रसाद कोइरालाको १०९ औं जन्मजयन्तीका अवसरमा जिल्लाको झापा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै डा संग्रौलाले मंसिर ४ पछि पुन नेपाली कांग्रेस बहुमतका साथ सरकारमा जाने उनले बताइन ।
नेपाली कांग्रेस झापाका सभापति समेत रहेका कांग्रेस नेता देऊ कुमार थेवेले आफु बाचुन्जेल झापाली जनताको पक्षमा उभिने बताए । ‘झापा, त्यसमा पनि निर्वाचन क्षेत्र नम्बर ४ का जनताको पक्षमा म सधैं उभिने छु ।’ उनले भने, ‘ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि झापा जिल्ला भरी नै विकासको लहर आउने छ। ‘मलाई सर्वसम्मत रूपमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा सिफारिस गर्नुभएकोमा झापा निर्वाचन क्षेत्र नं ४ का आम सर्वसाधारणलाई बिशेष धन्यवाद छ ।’

२०७४ सालको निर्वाचनमा मेरो उम्मेदवारी रहेको पार्टीले हार व्यहोरे पनि यस अवधिसम्म जनताकै सेवामा समर्पित रहेको उनले बताए । भौगोलिक रुपमा विकट यो निर्वाचन क्षेत्र सबैभन्दा बढी नदीको कटान र डुवानबाट मुक्त हुन नसकेको विषयलाई यो क्षेत्रमा नेपाली कांग्रेसले नेतृत्व गरेपछि समाधान हुने पनि उनले प्रष्ट पारे ।

झापा गाउँपालिका वडा नम्बर ४ का नेपाली कांग्रेस पार्टी अध्यक्ष फरमान सेखको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि किरण भट्टराई, क्षेत्रीय सभापति जयनारायण शाह, प्रदेश सांसदका प्रत्यासी एकराज उप्रेती, महम्मद ताहिर सेख लगायतले वीपीको विचारका बारेमा बोलेका थिए ।

उनीहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दत्तचित्त भएर लागि पर्न पार्टीका नेता कार्यकर्ता र आम सर्वसाधारणलाई आग्रह गरेका थिए । कार्यक्रममा सयौंको संख्यामा नेताकार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ५ : ०२ बजे