२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

संघ र प्रदेशका आकांक्षीलाई तल्लाे तहमा उठ्न झापा कांग्रेसकाे प्रतिबन्ध



बिर्तामोड १८, भदाै/  नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारले आगामी निर्वाचनमा त्यो भन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको छ ।

पार्टी सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले यसका लागि विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावली उपल्लो निकायमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

आकांक्षी उम्मेद्वारले नाम फिर्ता लिन चाहेमा भदौ १९ गते १ बजेभित्र आफैँ उपस्थित भएर निवेदन दिनु पर्ने जिल्ला सचिव कृष्ण हुमागाईले बताए ।

स्थानीय तहको चुनावमा वडा सदस्यमा पराजित भएकाको नाम पनि सांसद सदस्इका लागि सिफारिस भएपछि जिल्ला नेतृत्व यसको खिलाफमा उभिएको हो ।

पहिलोपटक क्रियाशील सदस्यता प्राप्त गरेकाहरुको नाम पनि सांसद सदस्यका लागि सिफारिस भएपछि तल्लो तहमा उठ्न नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ३६ बजे