४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘एमालले एक्लै बहुमत ल्याउँछ’ – एमाले अध्यक्ष ओली



गौरीगंज १७, भदाै / नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले मंसिर ४ गते हुने निर्वाचनमा एमालले एक्लै भए पनि बहुमत ल्याउने बताए । उनले भने – ‘एमालेले बहुमत ल्याउँछ एक्लै भए पनि ल्याउँछ ।’
भुटानी शरणार्थीकाे ब्यवस्थापन नेकपा एमालेकाे सरकारले गरेकाे एमाले अध्यक्ष ओलीले स्मरण गराए । करिब १ लाख १७ हजार भुटानी शरणार्थीलाई अमेरिका, क्यानाडा र अष्ट्रेलियामा व्यवस्थापन गरि उनीहरूकाे जीवन सुखीमय बनाएका छाैं । ‘ उनले थपे – ‘गाैरीगंजकाे आँप, लिची, फलफूल अमेरिकामा विक्री गर्ने वातावरण एमालेले बनाउँछ । ‘
माओबादी केन्द्रका १ नम्बर प्रदेश कमिटी सदस्य बिद्यानन्द राजबंशी सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेसंगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका थिए । पार्टी प्रबेश गराइसके पछि अध्यक्ष ओलीले सभालाई सम्बोधन गरेका थिए ।
रतुवाकाे खाेलाकाे पुल निर्माणमा प्राविधिक त्रुटि भएकाे बताउँदै अध्यक्ष ओलीले लेरा पुल चाडै निर्माण हुने बताए । ‘राजनीतिक कुरा मात्र गरेर अब हुदैन,’ अध्यक्ष ओलीले एक फरक प्रसंगमा भने – आर्थिक परिवर्तन ल्याउने र विकासका कुरा गर्नु पर्छ। पहिला विकास गराै त्यसपछि पैसा हुन्छ ।’
कृषिमा आधुनिकरण गरि फुसकाे छाना विस्थापित गरी गाैरीगंजलाई स्मार्ट सिटी बनाउने पुर्व प्रधानमन्त्री ओलीले बताए । खानेपानी, बाटाे, उद्योगधन्दा स्थापना गर्ने अब बन्ने एमालेकाे सरकारकाे प्राथमिकतामा रहने उनले बताए ।

नेकपा एमाले गाैरीगंज अध्यक्ष गाेविन्द कुंवरकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा आफ्नै गाउँ आफै बनाउ, आफ्नाे ठाउँ आफै बनाउ अभियानसंगै देश बनाउने साझा अभियानमा सरिक हुन अध्यक्ष ओलीले आव्हान गरेका थिए ।
त्यसैक्रममा माओवादी परित्याग गरि एमाले प्रवेश गरेका विद्यानन्दले पार्टी परित्यागकाे कारण बताएका थिए । केन्द्र, प्रदेश, जिल्लाका सयाैं नेता तथा कार्यकर्ता सहभागी भएकाे कार्यक्रमकाे स्वागत विद्यार्थी नेता कृष्ण महताेले गरेका थिए भने एमाले पार्टीका गाैरीगंज गाउँ कमिटि सचिव तथा गाैरीगंज गाउँपालिकाका वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरीले गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०९ बजे