९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंजमा भाेलि शनिवार भव्यरूपमा रथयात्रा हुने, सम्पुर्ण तयारी पूरा



गाैरीगंज ३, भाद्र / ऐतिहासिक तथा काेराेना पछिकाे पहिलाे पटक गाैरीगंजमा भगवान् श्री राधाकृष्ण रथयात्रा भव्य रुपमा मनाउने तयारी भइरहेको छ । गाैरीगंजकाे पहिचान र ईतिहासमा थप एक ईट्टा थप्दै कृष्णजन्माष्टमीकाे अवसर पारेर रथयात्रालाई सभ्य र भव्य बनाउने उद्देश्यले भाेली शनिवार राधा कृष्ण रथयात्रा आयाेजक समितिले व्यवस्थापन गरेकाे छ ।
समितिले भगवान श्री कृष्णकाे मुर्ति राखि रथयात्रा निकाल्ने खजुरगाछी र गाैरीगंज बजार परिक्रमा गर्ने तालिका तयारी भइरहेको श्रीकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए । रथ सजाउने काम सम्पन्न भईसकेकाेले दिउसाे ११ बजेदेखि रथयात्रा शुभारम्भ गरिने उनले बताए । यता रथयात्रालाई शान्तिपूर्ण बनाउन प्रहरी समेत परिचालन गरिने जनाएकाे छ । काेराेना पछिकाे यसबर्ष छाेटाे दुरीमा रथयात्रा गरिने भएकाे हुँदा खजुरगाछीकाे राधाकृष्ण मन्दिरदेखि शुरू भई खजुरगाछी बजारकाे मुल सडक हुलाकी बाटाे हुँदै महेन्द्रनगर चाैक , गाविस चाैक, देवकोटा मावि लक्षिण छेउकाे बाटाे हुँदै सन्ताेषी माता मन्दिर, शिवालय मन्दिर हुँदै बुधबारेे बजार, त्रिमुर्ति चाैक, गाैरीगंज चाैक, पुन: खजुरगाछी बजार हुँदै मुल सडक हुलाकी मार्ग आई पुनः राधाकृष्ण मन्दिर सम्म रथ पुग्ने समितिका अध्यक्ष साहले जानकारी गराएका छन् । समितिकाे उपाध्यक्षमा श्रवण राजवंशी, सचिवमा अशाेक स्वर्णिकार, काेषाध्यक्षमा बरूण सिजापतिलगायत छन् । रथयात्रामा लाखेनाच, सन्थाल नाच, चन्डीनाच, विभिन्न किर्तनी मण्डलीका झाकीसहित रथयात्रा गरिने छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : २९ बजे