१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वास्थ्य विभागबाट गाैरीगंज अस्पताललाई थप स्वास्थ्य सामाग्री प्रदान



गाैरीगंज २३, साउन / गाैरीगंज अस्पतालका लागि स्वास्थ्य विभागबाट गाैरीगंज गाउँपालिकालाई फेरि थप स्वास्थ्य सामाग्रीहरू प्रदान गरिएकाे छ । अस्पताललाई आधारभुत अस्पतालकाे रूपमा स्ताेन्नती गरि गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा सुचारू गर्न अस्पताललाई थप स्वास्थ्य सामाग्री प्रदान गरिएकाे हाे ।

गाैरादह नगरपालिकाका पुर्व नगरप्रमुख राेहित कुमार साह र नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सामाजिक व्यक्तित्व अनिलकृष्ण प्रसाईकाे पहल र समन्वयमा करिब ३३ लाख रूपैयाँ बराबरकाे स्वास्थ्य सामाग्रीहरू विभागले गाउँपालिका अध्यक्ष फूलवती राजवंशीलाई हस्तान्तरण गरेकाे हाे । विभागले ईसिजी मेसिन, अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, डिजीटल थर्माेमिटर, प्यासेन्ट माेनिटर, भ्याकुम एक्ट्राक्टरलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेकाे हाे ।
अस्पतालकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र स्वास्थ्य विमा कार्यक्रमलाई सञ्चालन गर्न पनि आफू लागि परेकाे गाउँपालिकाका अध्यक्ष राजवंशीले बताईन् । झापा क्षेत्र नं. ५ ‘क’ का प्रदेश सांसदका प्रत्यासी समेत रहेका कांग्रेस नेता प्रसाईले गाैरीगंजलगायत गाैरादह नगरपालिका वार्ड नं. ६,७ र ८ का जनताले पनि याे अस्पतालबाट स्वास्थ्य लाभ लिन सक्ने गरि अस्पतालमा थप व्यवस्थापन गर्न जरूरी भएकाे बताए । उनले १५ सय्याकाे अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न पाए थप प्रभावकारी हुने र आफू त्यसका लागि सक्दाे सहयाेग गर्ने बताए ।
यसअघि पनि स्वास्थ्य विभागले गाैरीगंज अस्पताललाई करिब ५ लाख बराबरकाे स्वास्थ्य सामाग्रीहरू प्रदान गरेकाे थियाे ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ३० बजे