१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंंज गाउँपालिका २ सय परिवारलाई सुधारिएकाे चुलाे वितरण



गाैरीगंज ११, साउन / गाैरीगंज गाउँपालिकाले सुधारिएकाे चुलाे वितरण गरेकाे छ ।
लाेपाेन्मुख,सिमान्तकृत र अल्पसंख्यक वर्गका समुदायलाई लक्षित गरि गाउँपालिकाका करिब २ सय घर परिवारलाई सुधारिएकाे चुलाे वितरण गरेकाे हाे ।
गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रिमुफ नेपालका अध्यक्ष सत्यदेवी खड्का, कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, ईन्द्र भण्डारीलगायतकाे सहभागिता थियाे ।
गाैरीगंज गाउँपालिकाकाे वैकल्पिक उर्जा विभागकाे सहजीकरण र झापाली समाजकाे सहअायाेजकामा सम्पन्न कार्यक्रममा वार्ड १ देखि ६ सम्मका सिमान्तकृत तथा अल्पसंख्यक परिवारले उत्त सुधारिएकाे चुलाे लगेका थिए ।
धुवाँरहित भान्छा बनाई स्वास्थ जिवनकाे प्रत्याभुति दिलाउन गाउँपालिकाले सहजीकरण गरि वैकल्पिक उर्जा अन्तरर्गत सुधारिएकाे चुलाे वितरण गरेकाे गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताईन् ।

‘ स्थानीय तहमा अब सुधारिएको चुलो बनाउने र आधुनिक प्रविधिका चुलो प्रयोगको तरिका सिकाउनुपर्छ’, उनले भनिन् – ‘बिग्रेका चुलो मर्मत कसरी गर्ने वा स्थानीय तहमै यससम्बन्धी उद्योग स्थापनामा प्रेरित गर्न सकिन्छ । यसो हुँदा उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुन्छ । यसले भान्छाबाट परम्परागत इन्धन विस्थापित गर्ने पहलमा कोसेढुंगाको काम गर्न सक्छ ।’
कार्यक्रममा रिमुफ नेपालकी अध्यक्ष सत्यदेवी खड्का, कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, ईन्द्र भण्डारीलगायतले सुधारिएकाे चुलाेकाे उपयाेगिता र त्यसकाे आवश्यकताबारे बाेलेका थिए । कार्यक्रममा प्रशासकिय अधिकृत कृष्ण कार्की, वार्ड अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, रमकुमारी विक, वार्ड सदस्य अासामुदिन मिया, सुशील राईलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : २३ बजे