४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिका भित्रका बाढीपिडितहरूकाे क्षति विवरण संकलन गर्ने निर्णय, एकद्वार प्रणालीबाट राहत वितरण गर्ने




गाैरीगंज १६, असार / गाैरीगंज गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिकाे अाज बसेकाे वैठकले बाढीबाट प्रभावित परिवारहरूकाे क्षति विवरण संकलन गर्ने निर्णय गरेकाे छ ।
गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा बसेकाे विपद् व्यवस्थापन समितिकाे पहिलाे वैठकले दुईदिनदेखि परेकाे अविरल वर्षाका कारण गाैरीगंज गाउँपालिकामा करिब ३ सय घरपरिवार बाढीबाट पिडित भएकाहरूकाे क्षति विवरण संकलन गर्ने निर्णय गरेकाे हाे । बाढीबाट पिडित विस्थापित परिवारलाई गाउँपालिकाले तत्कालै खाद्यान्न राहत वितरण गरेकाे थियाे ।समितिले पुर्ण क्षति भएकाे र आंशिक क्षति पुगेकाे घरहरू वा अन्य क्षति पुगेकाे भए त्यसकाे संकलन गरि गाउँपालिकाले आवश्यक राहत सहयाेग गर्ने निर्णय गरेकाे छ ।
समितिले वाढीबाट क्षति भई अावतजावत अवरूद्व भएकाे हुलाकी सडक अन्तर्गत पुल, कल्भर्ट पुनः निर्माण तथा सञ्चालन गर्न हुलाकी सडक आयाेजना कार्यालयलाई अनुराेध गर्ने निर्णय गरेकाे छ । त्यसैगरी समितिले बाढी प्रभावित क्षेत्रमा बसेका वासिन्दाहरू स्वास्थ जाँच गर्ने र गर्भवती महिला, जेष्ठ नागरिक र बालबालिकाहरूलाई कुपाेषणबाट बच्न आवश्यक पाैष्ष्टिक भिटामिन उपलब्ध गराउने निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १,२ र ४ क्षेत्रमा बाढीबाट बढी प्रभावित भएका थिए । गाैरीगंजमा कमल, वनियानी, किष्णे खाेलामा अाएकाे बाढीले त्यस क्षेत्रका नागरिकहरू बढी प्रभावित भएका थिए । समितिले अन्य संघ संस्थाहरूले बाढीपिडितका लागि राहत सामाग्री वितरण गर्दा गाउँपालिकालाई हस्तान्तरण गरि एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेकाे छ । समितिकाे वैठकमा गाउँपालिकाका उपाध्यक्ष पुजन न्याैपाने कुँवर, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्की, वार्ड नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरू, रेडक्रस साेसाईटि गाैरीगंजका अध्यक्ष यादव रिजाल, ईलाका प्रशासन कार्यालयका प्रमुख, सुरक्षाकर्मीलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : ३५ बजे