३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज – १ का सयाैं घर डुवानमा, उद्वार कार्य जारी




गाैरीगंज १४, असार /  स्थानीय कमल बनयानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बस्तीहरु डुबानमा परेका छन ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ का धानगाढा, बालुवाडी, देवीगाढा सुधारूघर वनीयानी वगर टाेल, बस्ती, भन्सार, झाेलेङ्गे पुल उत्तरकाे वस्ती, हाेकलवारी, कुञ्जीवारी पश्चिम सन्थाल वस्ती, लगायत दर्जनाै बस्तीहरू डुवानमा परेका हुन् ।
उनीहरूकाे उद्वार कार्य भईरहेकाे गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीेले बताईन् । गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की, वडा अध्यक्ष कार्तिकलाल राजवंशी, रेडक्रस साेसाईटी गाैरीगंजका अध्यक्ष यादव रिजाल, सुरक्षाकर्मी, स्थानियवासीलगायतकाे टाेली उत्त स्थानहरूमा पुगी तत्काल उद्वारकाे कार्य अघि बढाएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ धानगाढाका करिब ५० /६० घर परिवार डुवानमा परेका छन् । उनीहरू अहिले सरसमानसहित सडक किनारमा बसेका छन् । त्यसैगरी देवीगाढाकाे सुधारूघर वनीयानी वगरटाेलमा १२ घर, झाेलेङ्गे पुल उत्तर करिब ८ घर, कुञ्जीवारी पश्चिम सन्थालवस्ती डुवानमा परेका छन् भने उनीहरूकाे उद्वार कार्य भईरहेकाे वडा अध्यक्ष राजवंशीले जानकारी दिएका छन् ।
निर्माणाधिन हुलाकी राजमार्ग आसपासका बस्तीहरु बढी डुबानमा परेका हुन ।कुञ्जीबारीबाट धनगाढा जाने बाटोमाथिनै खोला बगेपछि बाटो क्षतिग्रस्त भएको छ ।
त्यहाँको आवतजावतनै बन्द हुने अवस्था आएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । त्यसैगरी साविक महाभारा १ र टुनुबस्ती आसपासका क्षेत्रमा पनि दर्जनौं घरहरु खोलाको डुबानमा परेका छन । ति घरबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न, उद्वार गर्न र तत्काल राहत उपलब्ध गराउन प्रयास भईरहेकाे वडा अध्यक्ष राजवंशीले बताए ।
हुलाकी मार्गमा पूल तथा कल्भर्टहरु निर्माण गर्दा पानीको पर्याप्त निकास हुने व्यवस्था नमिलाइएका कारण सो खोलाको आसपास चौरी, धनगाढा लगायतका बस्तीहरु डुबानमा परेका स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ०६ बजे