१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे बजार क्षेत्रकाे सडक पेटी र सडक क्षेत्रमा अतिक्रमण राेक्ने पहल हुने



गाैरीगंज ५, असार / गाैरीगंज गाउँपालिकाकाे बजार क्षेत्रकाे सडक पेटि र सडक क्षेत्रकाे अतिक्रमण राेक्न उद्योग वाणिज्य संघ गाैरीगंजले पहल गर्ने भएकाे छ ।
वाणिज्य संघकाे आज आईतवार वसेकाे वैठकले सडक पेटी र सडक क्षेत्रमा व्यापारीहरूले पसलका सामान राखी गरिएकाे अतिक्रमणलाई राेक्न असार १२ गतेबाट अनुगमन गर्ने निर्णय गरेकाे हाे ।
वाणिज्य संघका अध्यक्ष मखना महताेकाे अध्यक्षामा बसेकाे वैठकले बजारलाई स्वच्छ र हराभरा बनाउन स्थानिय सरकारसंग सहकार्य गरि अगाडि बढ्ने जनाएकाे छ ।
घरेलु, नापताैल र आन्तरिक राजस्व कार्यालयसंगकाे सहकार्यमा वाणिज्य संघले गाैरीगंज गाउँपालिकाकाे व्यापारीहरूकाे फर्म नविकरण, अनुगमन र नापताैल जाँच गर्ने जनाएकाे छ ।
उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोको अध्यक्षतामा बसेको बैठकमा वडा नं. ३ का वडाध्यक्ष श्रवण गिरी, ईलाका प्रहरी कार्यालय लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५९ बजे