११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजकाे वजेट ३२ कराेड ६९ लाख, कार्य सम्पादनमा पहिलाे



दमक/
आर्थिक वर्ष २०७९/८० को बजेट केन्द्र सरकारले सार्वजनिक गरीसकेपछि आफ्नो पाकिलामा कती बजेट पर्यो भन्ने कुरा सबैको चासो हुन सक्छ । यसै सन्दर्भमा झापाको १५ वटा पालिकाको बिनियोजीत कुल बजेटको अंक सहितको विवरण यहाँ संकलन गरेको छ ।

झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट १५ वटा पालिकाकाकालागि बिनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शिर्षकमा दिने अनुदानका आधारमा यो बजेट बिनियोजन भएको हो । यसमा सबै भन्दा बढी पूर्वि नाका समेत रहेको मेचिनगर नगरपालिकाको बजेट रहेको छ । मेचि नगरले कुल ८३ करोड ५८ लाख बजेट विभिन्न शिर्षकको अनुदानबाट प्राप्त गरेको छ ।

यस्तै सबै भन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैँया रहेको छ ।

यसै गरि झापाको अर्जुनधारा नगरपालिकाको ४९ करोड ४२ लाख रुपैँया बिनियोजन भएको छ । कन्काई नगरपालिकाको ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको ५० करोड ९७ लाख, दमक नगरपालिकाको ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको ७० करोड ७९ लाख बिनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको बजेट ५७ करोड १४ लाख रुपैँया बिनियोजन भएको छ ।

यस्तै गाउँपालिकाकाहरुमा कचनकवल गाउँपालिकाकालागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाकालागि ४७ करोड २४ लाख , गौरिगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैँया बजेट बिनियोजन भएको छ । यसै गरि झापा गाउँपाकिलाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपाकिलाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाकालागि ३९ करोड १५ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।

बिनियोजीत बजेटहरु न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, ससर्त अन्दान, समपुरक अनुदान र विषेश अनुदान गरि बर्गीकरण गरेर बिनियोजीत भएको हो । कार्य सम्पादनको आधारमा झापामा सबै भन्दा बढी गौरिगञ्ज गाउँपालिकाकाले प्राप्त गरेको छ । कार्य सम्पादन मार्फत मात्रै यो गाउँपाकिलामा ५९ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।

दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपैँगा कार्य सम्पादनका आधारमा थप बजेट पाएका हुन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : ३४ बजे