१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाकाे १५ वटै स्थानिय तहका लागि निर्वाचन अधिकृत ताेकियाे , हेरौ को कहाँ



 गाैरीगंज ७, बैशाख / मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरु समेतको टुंगो लागेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रेमप्रसाद निरौलाका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी गिरीराज गौतमलाई प्रदान गरिएको छ । गौतम जिल्ला अदालत झापाका प्रमुख न्यायाधीस हुनुहुन्छ । भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी समेत मुख्य निर्वाचन अधिकृत गौतमले नै सम्हाल्नु हुनेछ् ।

यसैगरी मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी वेदराज फुयाँललाई दिइएको छ । अघिल्लो निर्वाचनमा मेचीनगर नगरपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मालाई प्रदान गरिरहदाँ फुयाँललाई दमक नगरपालिकाको निर्वाचन अधिकृत तोकिएको थियो । विर्तामोड नगरपालिकमा डम्बरप्रसाद काफ्ले, कनकाई नगरपालिकामा दिपक कोइराला, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल, अर्जुनधार नगरपालिकामा लोकबहादुर कट्वाल, गौरादह नगरपालिकामा विदरुकुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । यसअघिको निर्वाचनमा सकुन्तला कार्कीले निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गर्नुभएकोे थियो । दमक नगरपालिकामा केशवप्रसाल पन्तलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ७ वटा गाउँपालिकामा समेत निर्वाचन अधिकृत तोकि सकिएको छ । प्रकाश गौतमलाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने, गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भेषराज कोइरालाले सम्हाल्नु हुने छ । पुष्करराज प्रसाईले बाह्दशी गाउँपालिका, मानबहादुर घिमिरेले झापा गाउँपालिका, डम्मरुप्रसाद निरौलाले बुद्घशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराईले हल्दीवारी गाउँपालिका र वीरेन्द्र्बहादुर बस्नेतले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पुरा गर्ने छन् ।

मुख्यः निर्वाचन अधिकृत गौतमले अन्य निर्वाचन केन्द्रमा खटिएका अधिकृतसंग समेत समन्वय गर्नुहुने छ । उहाँको कार्यक्षेत्र भद्रपुर नगरपालिका भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ भद्रपुरमा रहने छ । १४ जना निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना हुने निर्वाचन कार्यालयले झापाले जनाएको छ । निर्वाचन अधिकृतसंगै सहायक निर्वाचन अधिकृत, कम्प्युटर प्राविधिक, नायव सुब्बा, खरिदार, चालक र लेखापाल समेत रहने छन् । दैनिक कार्य सम्पादन गनृका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना गर्न लागिएको हो ।

हेरौ को कहाँ

मुख्यः निर्वाचन अधिकृत गिरीराज गौतम भद्रपुर नगरपालिका

निर्वाचन अधिकृतहरुः

बेदराज फुयाँल – मेचीनगर नगरपालिका

ऋषि पौडेल – शिवसताक्षी नगरपालिका

डम्बरप्रसाद काफ्ले – विर्तामोड नगरपालिकका

लोकबहादुर कट्वाल – अर्जुनधारा नगरपालिका

दीपक कोइराला – कन्काई नगरपालिका

विदुकुमार कार्की – गौरादह नगरपालिका

केशवप्रसाद पन्त – दमक नगरपालिका

प्रकाश गौतम – कमल गाउँपालिका

भेषराज कोइराला – गौरीगञ्ज गाउँपालिका

पुष्करराज प्रसाई – बाह्दशी गाउँपालिका

मानबहादुर घिमिरे – झापा गाउँपालिका

डम्मरुप्रसाद निरौला – बुद्घशान्ति गाउँपालिका

नारदप्रसाद भट्टराई – हल्दीवारी गाउँपालिका

बीरेन्द्र बस्नेत – कचनकवल गाउँपालिका

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ५८ बजे