६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सम्झनामा मात्र साहसिक गाविस अध्यक्ष श्याम सुन्दर यादव



गाैरीगंज १९, चैत /
नेपाली कांग्रेस झापाकाे निर्देशनमा शहिद श्यामसुन्दर यादवकाे स्मृतिमा स्व. यादवकाे अर्धकद सहितकाे सालिक र स्वागत गेट निर्माण भएकाे हाे । गाैरीगंज गाउँपालिका र वार्ड नं. ६ काे करिब २१ लाख ९१ हजार रूपैयाँमा अर्धकदसहितकाे शालिक , भवन र स्वागत गेट निर्माण भएकाे छ ।
श्याम सुन्दर यादव २०२२ सालमा हालकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा जन्मिएर हुर्किएका नेता हुन्। हक्कि निडर स्वाभावका उनी २०५४ सालकाे स्थानीय चुनावमा देशभर कम्युनिष्टकाे लहर चलेका वेला नेपाली कांग्रेस पार्टिकाे तर्फवाट अत्यधिक मत सहित तत्कालिन खजुरगाछी गाविसकाे अध्यक्षमा विजयी भएका थिए।
बाेर्डरकाे छेउमा डाका अधिक लाग्ने गर्थ्याे तर डाकाहरूलाई समातेर श्यामसुन्दरले मानिसकाे धनमाल फर्काउन सक्ने ताकत राख्ने ताकतवर मात्रै हाेईन साहसिक पनि थिए । सायद यहि विश्वासले यस क्षेत्रमा माओवादिकाे संगठन विस्तार हुन सकेकाे थिएन।उनी यहि कारणले माओवादिकाे आँखामा परिसकेका थिए ।
जिल्ला सभापति सुधिर शिवाकाेटि र उद्वव थापाले समेत त्यसबखत उनलाई सतर्क हुन आग्रह समेत गरेका थिए । तात्कालिन सिडियाे सुशील शम्सेरले खवर नै पठाएका थिए अध्यक्ष श्यामसुन्दरलाई जाेगिएर हिड्न। वि. सं. २०५८ साल जेष्ठ १२ गते श्याम देव यादव, प्रमेत यादव र श्याम सुन्दर यादव माेटरसाईकलमा घर जाँदै गर्दा साझ ६.४५ बजे माओवादिले बाटाेमा छेकेर कुटपिट गरेका थिए । कुटपिट भईरहेकाे अवस्थामा साईकलमा घर तर्फ गईरहेका विष्णु प्रसाद यादव पनि माओवादीकाे फन्दामा फसे । २ दिनसम्म उनीहरू सबैलाई पालैपालाे स्थानियहरूकाे घरमा राखि वालुवथान पुराएर सुन्दर यादवलाई २०५८ साल जेष्ठ १५ गते बीभत्स यातना दिएर डाेरीले घिसारेर दामुना वजारमा बीभत्स हत्या गरिएकाे थियाे । श्यामसुन्दरबाहेक सबैलाई माओवादीले छाडिदिएका थिए ।

श्रीमती निर्मला देवी यादव कृषि कर्म गरेर जसाेतसाे जिवन चलाईरहेका छन् । उनका छाेराहरू अर्विन ञकुमार यादव र नवीन कुमार राेजगारीका शिलशिलामा विदेशिएका छन् ।
विष्णु प्रसाद यादव गाैरीगंज गाउँपालिकाकाे वडा नं. ६ का अध्यक्ष वद्रि यादवका दाजु हुन् भने प्रमेत कुमार यादव नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य भएर काम गरिसकेका छन् । समाजरूपान्तरणकाे नारा लगाउनेहरू श्यामसुन्दरकाे परिवारलाई हेरर अाफुलाइ धिकारिरहेकाे नेपाली कांग्रेस वडा नं. ६ वडा सचिव दिपक अर्जेलले बताए । तिनै साहसी श्यामसुन्दर यादवकाे शालिक वहाँकै घर छेउमा निर्माण गरिएकाे छ । संझनामा मात्र छन सुन्दर यादव ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ३७ बजे