१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासी समुदायकाे लाेप हुन लागेकाे विछ्ना र झालङकाेे सिपमुलक तालिम शुभारम्भ



जामबाडी १, चैत / गाैरादह नगरपालिका वार्ड नं. ७ जामबाडीमा १ महिने विछ्ना र झालङकाे सिपमुलक तालिम शुभारम्भ भएकाे छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरका सदस्य सचिव कमल प्रसाद राजवंशीले ब्यानर पढेर साेमबार तालिमकाे शुभारम्भ गरेका हुन् ।
आदिवासीसमुदाय अन्तर्गत राजवंशीर ताजपुरिया जातिकाे परम्परागत घराईसी प्रयाेजनमा प्रयाेग हुने झालङ र विछ्नालाई प्रवर्द्धन र संरक्षण गर्ने उद्येश्यले सञ्चालन गरिएकाे १ महिने तालिममा २ दर्जन भन्दा बढी आदिवासी महिला तथा युवायुवतीहरू सहभागी छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे २ लाख रूपैयाँ बजेटबाट शुरू गरिएकाे तालिमकाे व्यवस्थापन राजवंशी समाज विकास समिति र ताजपुरिया समाज कल्याण परिषदकाे स्थानिय समितिहरूले गरिरहेका छन् । लक्ष्मी राजवंशी , भालाे कुमारी राजवंशी र हेल कुमारी ताजपुरिया प्रशिक्षक रहेका छन् ।
दिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे उद्वघाटन समाराेहमा ताजपुरिया समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष गंगाराम ताजपुरिया, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत जगतमान गुरूङ्ग, हेमनसरी राजवंशी, धनिकलाल राजवंशी, नाैतली राजवंशी, रविलाल ताजपुरियालगायतले शुभकामना मन्तव्य राखेका थिए । राजवंशी समाज विकास समिति गाैरादहका अध्यक्ष रघुनाथ राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कृतानन्द राजवंशीले स्वागत गरेका थिए भने सञ्चालन शिवराम राजवंशीले गरेका थिए ।कार्यक्रममा युवा समाजसेवी तुलसी राजवंशी, पत्रकार आत्माराम राजवंशी, युवा समाजसेवी नारायण राजवंशी, गणेश राजवंशी, ताजपुरिया समाज कल्याण परिषद केन्द्रीय समितिका पुर्व काेषाध्यक्ष विक्रम ताजपुरिया, राजवंशी समाज विकास समिति गाैरादहका सदस्य गंगाराम राजवंशी, चन्द्र राजवंशी, सम्पतलाल राजवंशीलगायतकाे थियाे ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ४९ बजे