१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाउँपालिका स्तरिय खेलकुद प्रतियाेगिता अन्तर्गत तीनै खेलकाे उपाधि वडा नं. ६ टीमकाे पाेल्टामा



गाैरीगंज २७, गौरीगंज / गाैरीगंज गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटवल खेलकाे उपाधि वार्ड नं. ६ ले हात पारेकाे छ ।
आज शुक्रबार सम्पन्न अन्तिम खेलमा वडा नं. ६ ले वडा नं. ४ विरूद्व ०- १ गाेलले उपाधि हात पारेकाे हाे । जितसंगै वडा नं. ६ फुटवल टिमले रू ५१ हजार, प्रमाणपत्र र ट्रफी हात पारेका हुन् । वडा नं. ६ टिमले फुटवलसहित क्रिकेट र भलिवल प्रतियोगितामा पनि
जित हासिल गरेका छन् । क्रिकेटमा वडा नं. ६ कै क्रिकेट टिमले प्रथम पुरस्कार नगद रू ३१ हजार , प्रमाणपत्र र ट्रफी र वडा नं. ६ कै भलिबल टिमले प्रथम पुरस्कार स्वरूप ३१ हजार, प्रमाणपत्र र ट्रफी जितेका छन् ।

त्यसैगरि फुटबल प्रतियोगिता को उप बिजेता वडा नं. ४ ले नगद रु ३१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् । क्रिकेट प्रतियोगिता को उपबिजेता वडा नं. २ ले नगद रु २१ हजार, प्रमाण पत्र र ट्रफि तथा भलिबल प्रतियोगिता का उपविजेता टोली वडा नंं. २ ले नगद रु २१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् ।

फुटबल खेलमा उत्कृष्ट गोलकिपर वडा नं. ६ का अशेस दाहाल, उत्कृष्ट डिफेन्डर अर्पण श्रेष्ठ, र उत्कृष्ट गोल कर्ता प्रबिण लामा, घोषित भएका छन् । त्यसैगरि भलिबल खेलमा उत्कृष्ट सटर वडा नं. ६ का मोहम्मद साहिद, उत्कृष्ट डिफेन्डर वडा नं. २ का रोजन राजवंशी र उत्कृष्ट लिफ्टर वडा नं. २ कै रँजित राजवंशी घोषित भएका छन् । क्रिकेट तर्फ उत्कृष्ट बलर वडा नं. ६ का जनम भुजेल, उत्कृष्ट ब्याट्सम्यान वडा नं. ६ कै विशाल थापा र उत्कृष्ट खेलाडी वडा नं. २ का अजय राजवंशी घोषित भएका थिए ।

खेलकुद प्रतियोगिताकाे समापन कार्यक्रममा आयाेजक गाउँपालिकाले पालिका भित्रका अगुवा तथा पुराना खेलाडीहरुलाई सम्मान गरेको छ । गौरीगञ्जका पुराना फुटबल खेलाडी नन्दराज थापा र रुद्रराज पन्त (रामकृष्ण) भलिबलका पुराना खेलाडी खड्ग बहादुर भुजेल र देवेन्द्र निरौला , कराँतेका पुराना खेलाडी मोहन प्रकाश राई, र क्रिकेट का पुराना खेलाडी सुदर्शन श्रेष्ठ लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

शिक्षा तथा खेलकुद समिति संयोजक दिपेन्द्र थापाको सभापतित्व र गा.पा. अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि आपागाइ इलाका प्रहरी कार्यालय प्रमुख राकेश रेग्मी,वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद गिरी, वडा नंं. ६ का वडाध्यक्ष बद्री नारायण यादव, गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण शिक्षा शाखा अधिकृत सुशील दाहालले गरेकाे खेल आयोजक समिति सचिव भवानी काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ५२ बजे