१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘पार्टीमा अन्तर्घात गरे शसक्त कार्वाही हुन्छ’ – जिल्ला सभापति देउकुमार थेवे



गाैरीगंज २३, फागुन / नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेबेले स्थानिय चुनावमा पार्टीले उठाएका उम्मेदवारप्रति अन्तर्घाग गर्नेलाई सशक्त कार्वाहि हुने जनाएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ नेपाली कांग्रेस वडा समितिकाे आयाेजनामा आज साेमवार भएकाे पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा यस्ताे कुरा बताएका हुन् ।
‘पार्टीले उठाएकाे उम्मेदवारप्रति विश्वासघात अर्थात अन्तरघात गर्ने जाे काेही कार्वाहीकाे दायरमा हुनसक्छ तपाईंहरू ढुक्क भए हुन्छ ,’ जिल्ला सभापति थेबेले थपे – त्याे पार्टीलाई क्षम्य हुदैन ।’ पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सभापति थेवेले जिल्ला भरी १३१ वार्डमा संगठन विस्तार भई ९५ प्रतिशत टाेल समिति गठन भईसकेकाे बताए ।
टाेलसमिति र वार्ड समितिहरूकाे परिचालन, सञ्चालन र व्यवस्थित गर्ने भन्ने विषयमा जिल्ला मिटिङ्गले निर्णय गरी जिल्ला भरीका १३१ वार्ड मै जिल्ला प्रतिनिधि खटाईसकेकाे सभापति थेवेले बताउँदै गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ मा नदी तटबन्धकाे कामहरू अगाडी बढाएकाे उनले बताए ।
जिल्ला प्रतिनिधि र वार्ड प्रतिनिधि वीच छलफल गरी जिम्मेवारी लिईसकेपछि जवाफदेहिता के त भन्ने विषयमा प्रशिक्षण र अन्तरक्रिया गर्ने सभापति थेबेले जनाए ।
‘भातृ संगठनहरूकाे १४ / १५ वर्षदेखि अधिवेशन भएकाे छैन उनले भने – ‘यसलाई चलायमान गर्न तरूण, महिला, किसान संघ गठन वार्ड तहबाटै गठन गरेर सबै भातृ संगठनकाे अधिवेशन सम्पन्न गर्छाै ।’

नदि नियन्त्रण देखि किसानलाई राहत र मलखाद्काे ब्यवस्थापनमा नेपाली कांग्रेस पार्टी झापा सदैब क्रियाशिल रहेकाे बताउँदै पार्टी सभापति थेवेले सिमामा बस्ने नेपाली दाजुभाई किसानले १/२ बाेरा मल ल्याउन खाेज्नेलाई प्रहरीले नसमात्न आग्रहसमेत गरे ।
‘जहाँ अादिवासीहरूकाे बसाेबास भएकाे क्षेत्र छ त्यहाँ नेपाली कांग्रेसमय छ ।’ पार्टीको विगतका गतिविध सुनाउदै एक अर्काे प्रसङ्गमा उनले भने – ‘ २०३६/४६ साल तिरकाे चुनावमा पनि आदिवासी क्षेत्रमा नेपाली कांग्रेस पार्टीले जितेकाे ईतिहास छ ।’
नेपाली कांग्रेस गाैरीगंज गाउँपालिका वार्ड नं.२ नेपाली कांग्रेस वडा समितिका सभापति चन्द्रमाेहन सिंह राजवंशीकाे सभापतित्मा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई नेपाली कांग्रेस जिल्ला सभापति देउकुमार थेवे र नेपाली कांग्रेस प्रदेश नं. १ समितिका सदस्य फुलवती राजवंशीले अविर लगाई पार्टी सदस्यता प्रदान गरेका थिए । नेकपा माअाेवादी पार्टीबाट गत स्थानिय चुनावमा उम्मेदवार बनेका गाैरीगंज गाउँपालिका वार्ड नं. २ का मायावती मर्डीसहित ३५ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई अविर लगाई पार्टीको सदस्यता प्रदान गरिएकाे थियाे । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति देउकुमार थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश नं. १ का समिति सदस्य फुलवती राजवंशी, झापा क्षेत्र नं. ४ प्रदेश (क) का सभापति विनाेद ढकाल, महाधिवेशन प्रतिनिध तथा वडा अध्यक्ष कार्तिकलाल राजवंशी, जिल्ला सदस्य हेमा अाचार्य, पुर्व जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, पुर्व जिल्ला सदस्य तथा वार्ड नं. ३ का अध्यक्ष मखना महताे, क्षेत्र नं.५ प्रदेश (क) का उपसभापति आत्माराम राजवंशी, गाैरीगंज गाउँपालिका सभापति अघनु राजवंशी, गाउँपालिका सचिव गाेपाल ताजपुरिया, भाेला खतिवडालगायतले बाेलेका थिए भने कार्यक्रमकाे सञ्चालन माेहन बुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ०८ बजे