६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंजका दुई युवक पक्राउ



गौरीगंज १९, फागुन / १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंज गाउँपालिका वार्ड नं। २ भाकुरमारीका दुई जना युवालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजले गौरीगंज गाउँपालिका वार्ड नं।२ भाकुरमारी बस्ने अन्दाजी बर्ष २२ का प्रमोद राजवंशी र सोही ठाउँ बस्ने अन्दाजी बर्ष २४ का देव कुमार राजवंशीलाई पक्राउ गरेको हो ।
हिजो वेलुका करिब ४ बजे पिडित बालिका भैसीका लागि पराल लिन गएको बेला ती युवाहरूले जबर्जस्ती करणी गरेको अभियोग जाहेरीमा उल्लेख छ । ती युवाहरू भारतीय सिमा नजिक रहेको जबानमुन्सीमा वर्षेनी लाग्ने स्थानिय मेला घुम्न गएका थिए । ती बालिका ५ महिना देखि आफन्त दाजु पर्ने जिसु मुर्मुको घरमा बस्दै आएकी थिइन । बालिकाका आफन्त जिसु मुर्मुका छोरा जयराम मुर्मुले जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएका हुन् । बालिकाको स्थायी घर भने झापा गाउँपालिका वार्ड नं ३ झाटी रहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौरीगंजले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ३ : ४९ बजे