१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आकस्मिक स्वास्थ्य उपचारका लागि गाैरीगंज गाउँपालिकाका १५ जना युवतीलाई स्वास्थ्य तालिम



गाैरीगंज १६, फागुन /  प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले ७ दिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिमको आज साेमवार समापन गरिएको छ ।
वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमकाे समापन कार्यक्रममा प्रमाण पत्र र प्राथमिक उपचारसंग सम्बन्धित सामग्री वितरण गरिएको थियाे ।
गाैरीगंज वडा नं.–६ काे सभाहलमा स्थित आयोजित तालिम समापन कार्यक्रममा वडा नं. ५ का वडा सदस्य तथा गाउँपालिका न्यायिक समितिका सदस्य राजेन्द्र प्रसाद ताजपुरियाले प्राथमिक उपचारबारे ज्ञान नहुँदा प्रेसर जचाउँन समेत स्वास्थ्य क्लिनिक, मेडिकल वा अस्पताल नै पुग्नुपर्ने बाध्यताको न्युनिकरण तथा आकस्मिक रुपमा हुने चोटपटकको प्राथमिक उपचार गाउँ घरमै गर्न सके संभावित दुर्घटनाबाट बच्न सकिने बताउँदै तालिममा सिकेको सिपलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

मोर्डन पब्लिक हस्पिटल भद्रपुरकाे प्राविधिक सहयोग रहेको तालिम समापन कार्यक्रममा सहभागीलाई एक सेट प्राथमिक उपचारका लागि स्वास्थ सामाग्री प्रदान गरिएकाे थियाे ।
वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाईले सम्पन्न तालिम समापन कार्यक्रममा पछिल्लो समय उच्च रक्तचापको समस्या बढेपनि समयमै त्यसको पहिचान हुन नसक्दा मानिसको ज्यान नै जोखिममा पर्ने गरेको बताउँदै त्यस्ता समस्या समाधान लागि तालिम उपयोगी हुने धारणा राखेका थिए ।

मोर्डन पब्लिक हस्पिटल भद्रपुरका अध्यक्ष दयालाल राजवंशीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा तालिमको उपलब्धीबारेमा आफ्नो धारणा राखेका थिए ।

वडा भित्रका १५ जना युवायुवतीकाे सहभागिता रहेकाे तालिमकाे समापन कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. २ र ६ वडा अध्यक्ष क्रमशः अघ्नु प्रसाद राजवंशी र बद्रीनारायण यादवले बाेलेका थिए । तालिममा सहभागीलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाण पत्र तथा स्वास्थ्य सामग्री प्रदान गरेका थिए भने कार्यक्रम संयाेजक ममता मेचे, प्रशिक्षक स्मृति कार्की, कम्प्युटर अपरेटर विवेक राजवंशीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : २० बजे