१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विओपी गाैरीगंजकाे नवनिर्मित भवनकाे उद्वघाटन



गाैरीगंज ९, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित सशस्त्र प्रहरी अन्तर्गत रहेकाे बीओपीकाे नवनिर्मित भवनकाे आज शुक्रबार उद्वघाटन गरिएकाे छ ।
सुनसरी नम्बर १ वराह बाहिनी मुख्यालयका बाहिनीपति स.प्र.ना.म.नी. कमल गिरी र गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले संयुक्त रूपमा शिलालेख अनावरण गरि भवनको उद्घाटन गरेका हुन् ।

साे अवसरमा जग्गा दाता स्व. राजाेदेवी गन्गाईका छाेरा गुरुदेव सिंह गन्गाईलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ‌। उनले ४ कठ्ठा जग्गा नि:शुल्कमा प्रदान गरेका थिए । उनीसहित स्व. चन्द्रमाेहन सिहं गन्गाईले पनि ४ कठ्ठा जग्गा निशुल्कमा दान दिएपनि उनकाे परिवारका सदस्यहरूलाई उद्वघाटन समाराेहमा सम्मान नगरी नामसमेत उच्चारण नगरेकाेमा स्थानिय जत्रु प्रसाद गन्गाईले विराेध गरेका थिए ।
सशस्त्र प्रहरी वल नेपाल बाेर्डर अाउट पाेष्ट गाैरीगंज स्थापनाका लागि स्थानियहरूले दिएकाे निशुल्क जग्गामा भवन निर्माणका लागि १ कराेड १५ लाख २२ हजार रूपैयाँ बजेट छुट्टयाएकाे थियाे ।
अबैध चाेरी, निकाशी / पैठारी नियन्त्रण गरी राजस्व संकलन वृद्वि गर्नु, सीमा विवाद हल गर्नु, सीमा अतिक्रमण राेक्नु, सीमा स्तम्भहरूकाे दुरुस्त अभिलेख राख्नु सशस्त्र प्रहरी बलकाे मुख्य उदेश्य हाे ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ३८ बजे