३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेस अधिवेशन – झापामा द्धिपक्षीय टक्कर, सुरक्षित हुन गुटकै सहारा



दमक/  वडा तथा पालिकास्तरको अधिवेशन सकिएपछि अनिश्चित जस्तै बनेको कांग्रेस अधिवेशनको नयाँ कार्यकतालिका आएपछि मसिंरमा हुने प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशनमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित भएको छ ।

गाउँ र नगर अधिवेशनमा अलग अलग कित्ता बनाएर उम्मेदवारलाई अघि सारेका महाधिवेशन प्रतिनिधिका उम्मेदवार पनि आफनो स्थान सुरक्षित गर्नका लागि क्षेत्रको अधिवेशनमा समुह अर्थात गुट परिवर्तनको अभ्यासमा लागेका छन । यि तहमा पार्टीको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेता कार्यकर्ताहरु समुह बनाएर गुटको सहारा खोजिरहेका छन ।

झापामा मुख्यरुपमा विश्वप्रकाश शर्माको समुह र नेता कृष्ण सिटौलाको समुह अधिकांश क्षेत्र तहमा गुटबन्दीको नेतृत्व गर्दै आएका पाइन्छ । झापाका पालिकाहरुमा भएको अधिवेशनमा समेत गुटगत प्रवृत्ति देखिएको थियो । त्यस्तो गुट विचारमा भन्दा पनि निर्वाचनमा को कुन समुहमा बसेर सुरक्षित हुने भन्नेमा केन्द्रित भएको पाइएको थियो । यस्तै अवस्था प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा पनि पर्ने संकेत देखिएको छ । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माको गृह जिल्ला समेत झापा भएका कारण यहाँको गाउँरनगरदेखि जिल्ला तहको निर्वाचन सम्म शर्माका समर्थकहरुको समुह बनेको छ भने अर्का प्रभावशाली नेता तथा पूर्व महामन्त्री कृष्ण सिटौलाको समुह गृह जिल्लामा आफनो पकड कायम राख्ने कसरतमा छ । क्षेत्र नं ५ मा यि दुई नेताका समर्थकहरुले समुहनै बनाएर आफू आफूतिर कार्यकर्ता आकर्षित गर्नेमा लागेका छन । दुई समुह मध्ये शर्माको समुहले पार्टीको जिल्ला सभापतिमा राम कट्टेललाई अघि सारेर चुनावी दौडमा होमिएको छ भने सिटौलाका समर्थकहरु अर्का प्रभावशाली नेता देउमान थेवेलाई जिल्ला सभापतिमा अघि सारेर होमिएका छन । पालिका तहको अधिवेशन सकेर क्षेत्रीय अधिवेशनको सन्मुखमा आइपुग्दा झापामा १३ औं महाधिवेशनमा एउटै समुह ९ लाइन० मा देखिएका नेताहरुनै विभाजित भएर फरक फरक समुहमा लागेको देखिन्छ ।

पालिका अधिवेशनमा दमकमा रहेको तीन समुह अहिले क्षेत्रीय अधिवेशनमा दुई समुहमा केन्द्रित भएको छ ।  परिचालक समुहका नेताहरु तितर वितर भएर अरु दुई समुहमा आश्रित हुन पुगेका छन । त्यस्ता उम्मेदवारहरु जिल्ला तथा महाधिवेशनर महासमिति सम्मका छन । दुवै समुहको कोर टिम भित्र नपर्ने उम्मेदवारको सूची पनि लामो छ तर ति उम्मेदवारहरुको अलग समुह बन्न नसक्दा छिन्न भिन्न भएका देखिन्छन । कतिपय समुहको नेतृत्वकर्ताले आफनो समुहमा राखेको भन्दै आफूतिर आकर्षित गर्ने प्रयास गरेका तर कोर समुह भित्र पर्न नसकेका उम्मेदवार धेरै छन । त्यस्ता उम्मेदवारहरुमा धेरै पुराना अनुहार र धेरै नयाँ पुस्ताका समेत छन । जिल्ला सभापतिका उम्मेदवारद्धय कट्टेल र थेवे यस अघि सिटौला समुहमै थिए ।

१४ औं महाधिवेशनमा दुवै जना सभापतिको उम्मेदवार बनेपछि कट्टेललाई शर्माले प्रत्यक्ष रुपमै संगै जिल्लाका ठाउँ ठाउँमा लगेर सभापतिको उम्मेदवार भनि परिचय गराइरहेका छन । ति समुहले जिल्ला उपसभापति , सचिव लगायतका महत्वपूर्ण पदहरुमा उम्मेदवारहरुको निश्चित गरिसकेका छैनन । १३ औं महाधिवेशनमा झापाको तत्कालिन निर्वाचन क्षेत्र नं ७ र ६ को समायोजनपछि बनेको ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका तथा पूर्व दमक नगर सभापति रोशन गौतमको नेतृत्वमा दुई समुहले आआफनो समुहका उम्मेदवारहरुको निश्चित गर्दैछन । क्षेत्रीय समितिको सभापति संगै सचिवका उम्मेदवारहरु पनि मैदानमा उत्रिएका छन । भण्डारीले वर्तमान क्षेत्रीय सचिव धर्मानन्द भट्टराईलाई आफनो समुहको दर्बिलो उम्मेदवारका रुपमा अघि सारेका छन भने गौतम समुहबाट मुकुन्द उप्रेती सचिव पदका मुख्य उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन । भट्टराईले आफू तत्कालिन क्षेत्र नं ७ को मनोनित सचिवका रुपमा जिम्मेवारी सम्हालेको र क्षेत्रको समायोजनपछि बनेको क्षेत्र नं ५ को सचिवमा निर्वाचित भएर पार्टी संगठनमा योगदान दिन चाहेको बताएका छन । गौतम समुहबाट उम्मेदवार बनेका सचिवका उम्मेदवार उप्रेतीले आफू गुट उपगुट भन्दा माथि उठेर जिम्मेवारी सम्हाल्न चाहेको बताएका छन । उनले काम गर्नैका लागि आफू सचिव बन्न चाहेको भन्दै आफूले व्यवसायिक तथा संघ संस्थाहरुमा रहेर पार्टी संगठनमा गरेको योगदानको कार्यकर्ताहरुले मुल्याङकन गर्नेमा आफु विश्वस्त रहेको बताएका छन । सचिव पदमा गौतम समुहले तत्कालिन महारानीझोडाका युवराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको छ भने भण्डारी नेतृत्वको टिमले तत्कालिन जुरोपानीका केशव पौडेललाई सचिव पदको उम्मेवार बनाएको छ । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ५ ९ख० मा रवि न्यौपाने र चुडेन्द्र खडका सभापतिको लागि अन्तिम चुनावी प्रतिस्पर्धामा उत्रिदैछन भने ५ ९क० मा जिवन राई र ज्ञानेन्द्र खत्री सभापतिको उम्मेदवारका रुपमा कार्यकर्ताहरु माझ पुगिरहेका छन । अघिल्ला अधिवेशनहरुमा जस्तै यसपालीको अधिवेशनमा पनि ति समुहले महाधिवेशन प्रतिनिधिमा भित्रिया नेताहरुको समुह बनाएर एक अर्काका प्रतिस्पर्धी उम्मेदवार को हुन सक्ला भनेर बहस गरिरहेका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : १२ बजे