१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको रक्तदानमा ३० पिन्ट रगत संकलन





दमक ७,कार्तिक / वडादशै,दिपावली तथा छैठ पर्वको अवसर पारेर नेपाली काँग्रेस वडा समिति दमक ५ ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । रक्तदानमा ४ महिलासहित ३० जना सहभागि थिए ।
कांग्रेस दमकको पार्टी कार्यालयमा भएको रक्तदानमा पार्टी क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी , महासमिति सदस्य दिलबहादुर बुढाथोकी , कांग्रेस महाधिबेशन प्रतिनिधि आइन्द्र केरुङ, कांग्रेस दमक उपसभापति युवराज खनाल ( सागर ) , नगर सचिव दिपेश दाहाल ,कांग्रेस दमक ५ का उपसभापति सन्तोष गौतम, पत्रकार गिरीराज भट्टराई ,एलिशा ओली,तुलसी भटटराई लगायतले रक्तदान गरेका कांग्रेस वडा सचिव मोहन ढुंगानाले जानकारी दिए ।
चाडपर्वका समयमा विरामीलाई रगतको अभाज हुन नदिन खुला रक्तदान गरिएको उनले बताए ।
कांग्रेस दमक ५ का सभापति चैतन्य बरालको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको थियो । सामाजिक व्यक्तित्व समेत रहेका पार्टीका महासमिति सदस्य शेर बहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : २५ बजे