१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज – १,बालुवाडीमा स्वास्थ्य शिविरसहित राहत वितरण



गाैरीगंज ६, कार्तिक / खाेलाकाे बाढीबाट प्रभावित गौरीगंज गाउँपालिका वार्ड नं. १ बालुबाडीका २८ पिडित परिवारलाई हिजाे शुक्रबार राहत वितरण गरिएको छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं.१ काे कार्यालय र गैर सरकारी संस्था एसएनजेडीको सहयोगमा उनीहरूलाई खाद्यान्नसहित स्वास्थ्य जाँच समेत गरिएकाे छ ।
वालुबाडीका २८ पिडित परिवारलाई प्रति परिवार २५ किलो चामल, १ लिटर खाने तेल, २ किलो नुन, १ किलो दाल र २ थान साबुन सहितको सामग्री वितरण गरिएको हो ।

उनीहरूलाई महाभारा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरि स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको छ । बाढी प्रभावित ५७ जना पुरूष र ४२ महिला गरि ९९ जनालाई स्वास्थ्य चाँज गरिएकाे वडाध्यक्ष कार्तिक लाल राजवंशी बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : २२ बजे