१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज–१ , टप्पुवस्तीका २२ परिवारको उठिवास (तस्वीरसहित)



गौरीगंज ६, कार्तिक / केहीदिन अघि आएको अविरल वर्षाले झापा गौरीगंज गाउँपालिका वार्ड नं. १ टप्पुवस्तीका २२ परिवार विचल्लीमा परेका छन् । वर्षातले कन्काई खोलामा आएको बाढीले बाध भत्किदा उनीहरुको उठिवास भएको हो । उनीहरुको घर भत्किएको छ भने लत्ताकपडा, भाडाकुडा, धान चामल, नगद रुपैयाँलगायत अन्य जिन्सी सामानहरु बाढीले बगाएर लगेको पीडितहरुले बताएका छन् । उनीहरुलाई स्थानिय सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको छ । सन्थाल, राजवंशी, माझी समुदायका अति विपन्न परिवारहरुको बसोवास रहेको छ । पुरै वस्ती वगरमा परिणत भएको छ । तस्वीरहरु

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : २३ बजे