१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी भाषाकाे फिल्म ‘आर्दाङ’ काे शुभमुहूर्त




झापा २, कार्तिक / झापामा आदिवासी राजवंशी भाषाको कथानक चलचित्र ‘आर्दाङ’ निर्माण हुने भएको छ । कात्तिक १ गते सोमबार शुभ मुहूर्त गरि छायाङ्कन सुरू गरिएको छ ।
झापाको विभिन्न ठाउँमा सुटिङ गरिने चलचित्रलाई कथा तथा निर्देशन एभरेष्ट फिल्म एकेडमीबाट ग्रेजुएसन गरेका अर्जुन ताजपुरियाले गर्नु भएको छ । गाउँमा रहेको खोलाको समस्या र राजनीतिक भुमिकालाई आर्टीष्टिक बनाइने चलचित्र निर्देशक ताजपुरियाले बताए । भुवनेस् सीने भीजनको ब्यानरमा चलचित्र निर्माण हुने छ ।
चलचित्रमा भुवनेश्वर राजवंशी, कौशिला गणेश, अर्जुन ताजपुरिया, खड्ग राजवंशी, सत्यनारायण राजवंशी, दिलबहादुर राजवंशीको अभिनय रहेको उक्त चलचित्रमा उद्दव राजवंशी, जगदीश राजवंशी, भुवनेश्वर राजवंशी, अर्जुन ताजपुरिया निर्माता रहेका छन् ।
चलचित्रको छायाङ्कन नागेश्वर राजवंशीले गरेका छन् भने सम्पूर्ण पोष्ट प्रोडक्सन मुभी जोन काठमाडौंबाट चलचित्र निर्माता भुवनेश्वर राजवंशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : २४ बजे