१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

नेपाली कांग्रेस गाैरादह वडा नं. ६ काे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



गाैरादह २२, असाेज / नेपाली कांग्रेस वडा समिति गाैरादह नगरपालिका वार्ड नं. ६ काे आयाेजनामा नेपालीहरूकाे महान चाँड विजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
वडा सभापति खेमनाथ सिटाैलाकाे सभापतित्व र गाैरादह नगर सभापति यादवराज सेढाईकाे प्रमुख आतिथ्यतामा भएकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा महासमिति सदस्यहरू अनिलकृष्ण प्रसाई , मेदनी सिटाैला, शेर बहादुर भट्टराई, राजन ढुङ्गाना, प्रजातन्त्रका सेनानी तथा पुर्व क्षेत्रिय सभापति वीर बहादुर प्रसाईं, जिल्ला सदस्यहरू रामकुमारी पाैडेल, ईमानसिंह तामाङ्ग, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, दमक नगर सभापति प्रकाश प्रसाईं, कमल गाउँपालिका सभापति बुद्विनाथ न्याैपाने, क्षेत्रिय उपसभापति ज्ञानेन्द्र खत्री, महाधिवेशन प्रतिनिधिहरू जीवन राई, रेगिना प्रसाईं भट्टराई, नेविसंघ केन्द्रीय उपाध्यक्ष तुलसा पन्त, नेविसंघ निवर्तमान केन्द्रीय सदस्य निरज अग्रवाल, दमक पुर्व नगरसभापति राेशन विष्टलगायत नेता तथा कार्यकर्ताहरूकाे सहभागिता थियाे । कार्यक्रमकाे स्वागत क्षेत्रिय प्रतिनिधि हाेमनाथ गाैतमले गरेका थिए भने सञ्चालन वडा सचिव नारायण भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ४४ बजे