१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसले गर्यो बाढी पीडित र असहायहरुलाई सहयोग



गाैरीगंज ७, असाेज /झापाको गौरीगञ्ज १ माहाभारामा नेपाली कांग्रेसका स्थानीय नेता , कार्यकर्ताहरुले बाढी पीडित र असहायहरुका घर घरमा पुगेर सहयोग गरेका छन्। केही साता अघि कन्काईको  बाढीका कारण पीडित बनेका बाढी पीडितहरुलाई खाद्यन्न राहत र दुर्घटनामा परेका बिरामी तथा दृष्टिबिहिनलाई नगद सहयोग प्रदान गरेका हुन्।
कांग्रेसका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका प्रत्यासी किरण भट्टराई , तत्कालिन महाधिवेशन प्रतिनिधि नेत्र पौडेल, जिल्ला सदस्य एवं निर्वाचित वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा सभापति दिनेश्वर राजवंशीलगायतको सक्रियतामा पार्टीको वडा समितिका तर्फबाट कूल ४८ हजार रुपैयाँ बराबरको नगद र जिन्सी सहयोग हस्तान्तरण गरिएको सो पार्टीले जनाएको छ ।  ‘असहाय र बाढी पीडितहरुको अवस्थाबारेमा साथीहरुले कुरा राख्नु भयो हामीले पनि आफनो तर्फबाट सक्ने सहयोग गरेका हौं’– सहयोग दाता मध्येका तत्कालिन महाधिवेशन प्रतिनिधि पौडेलले भने ।
टप्पु बस्तीका कन्काई नदी पीडित २२ परिवारलाई खाद्यान्न राहत सामग्री प्रदान गरिएको नवनिर्वाचित वडा सभापति विनोद राजवंशीले जानकारी दिए । सभापति राजवंशीका  अनुसार दुर्घटनामा परी उपचाररत पार्टीका क्रियाशील सदस्य नुनिया राजवंशीलाई नगद १० हजार रुपैयाँ र दृष्टिबिहिन ६५ बर्षिय सियाराम महतोलाई नगद ६ हजार ५ सय रुपैयाँ पनि नगद सहयोग प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ३६ बजे