१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा ६ अर्ब लगानीमा स्पाेर्टस उद्योग स्थापना हुने



गाैरीगंज १, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्पाेर्टस निर्माण सम्बन्धि उद्योग स्थापना हुने भएकाे छ ।

शेर्पा आउटडाेर स्पाेर्टस गुड्स ईण्डस्ट्रीज प्रालिले मुख्य उत्पादन शाखाकाे रूपमा ६ अर्ब लगानीमा उद्योग स्थापना गर्न लागेकाे हाे । कम्पनीले स्पाेर्टससम्बन्धि जुता, भेस्टलगायतका सामाग्री उत्पादन गर्ने जनाएकाे छ ।
प्रारम्भिक पर्यावरणीय परिक्षणका लागि कम्पनीले स्थानीयबाट सुझाव लिन अायाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा पर्यावरणमा कुनै असर नपार्ने र स्थानीयलाई राेजगारी सवालमा पहिलाे प्राथमिकतामा राख्ने उद्योगका प्रमुख सञ्चालक काजी शेर्पाले जानकारी गराएका थिए । उद्योग सञ्चालन सम्बन्धि सरकारले बनाएकाे ऐन र कानुन बमोजिम उद्योग सञ्चालन हुने कुरामा कम्पनी प्रतिवद्व रहेकाे बताउदै कम्पनी प्रमुख शेर्पाले करिब ११ सय जनाले पत्यक्ष राेजगारी पाउने बताए ।
करिब ९ विघा जग्गामा स्थापना हुने लागेकाे कम्पनीले पालिका भित्र रहेका याेग्य क्षमता भएका युवालाई पहिलाे प्राथमिकतामा राखि राेजगारी दिने र सीप नभएकालाई तालिम दिएर भएपनि स्थानियलाई राेजगारीकाे अवसर दिने कम्पनीले प्रतिवद्वता व्यक्त गरेका थिए ।
स्थानीयले आफ्नाे गाउँ ठाउँमा उद्योग स्थापना हुनु खुशीकाे कुरा भएपनि उद्योगबाट निस्कने फाेहाेरकाे सहि व्यवस्थापन हुनु पर्नेमा जाेड दिएका थिए । मुख्य कार्यालय काठमाडौंमा रहेपनि यहाँ कम्पनीकाे मुख्य उत्पादन युनिट रहने छ । कार्यक्रममा गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठ, कम्पनीका प्रमुख काजी शेर्पा, वार्ड नं. ६ का वार्ड अध्यक्ष बद्री नारायण यादव, कम्पनीका परामर्शदाताका ईन्जिनियर दिनेश साह, समाजसेवी विजय अग्रवाल, पत्रकार आत्माराम राजवंशीलगायत कम्पनीका पदाधिकारी, स्थानीयहरूकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ४९ बजे