काठमाडौं३०, साउन / नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदाै १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो । संविधानको व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैछ। कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।
नयाँ कार्यतालिका
– भदाै १८ गते वडा अधिवेशन
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)
३० श्रावण २०७८, शनिबार
0
Shares