१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसकाे १४ औंं महाधिवेशनकाे नयाँ कार्यतालिका सार्वजनिक , वडा अधिवेशन भदाै १८ गते



काठमाडौं३०, साउन / नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।   बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदाै १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।  संविधानको व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैछ। कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

नयाँ कार्यतालिका
– भदाै १८ गते वडा अधिवेशन
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)

– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)

– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)

– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु) 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : २४ बजे