३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शनिवारदेखि झापा जिल्ला सिल,आईसाेलेशन तयार राख्न पालिकाहरूलाई निर्देशन



गाैरीगंज १४, साउन / कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो ।
बैठकले तेस्रो लहर समेत देखा पर्न कोभिड नियन्त्रणका लागि स्थानीय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थाामा राख्न निर्देशन समेत दिएको छ ।

मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा भन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन माग गरेको छ ।

त्यस्तै आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ । यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिका सिल गरिसकिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड कोभिडको संक्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये बाँकी भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि सिल गर्ने निर्णय भएको जनाइएको छ ।भापामा कोरोनाको संक्रमणका कारण बिहीबार मात्रै सात जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ५२ बजे