९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

कृषकलाई अनुदानमा सिंचाइ माेटर प्रदान



गाैरीगंज १२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अनुदानमा कृषकहरूलाई आज सिंचाइ माेटर वितरण गरेकाे छ ।
वार्ड कार्यालयकाे सिलिङ्ग बजेट २ लाख रूपैयाँबाट २४ जना कृषकहरूलाई सिंचाइ माेटर वितरण गरेकाे वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेले बताए । उनीहरूलाई वार्ड अध्यक्ष महताेले माेटर प्रदान गरेका थिए ।

वडा कार्यालयकाे ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकहरूकाे लगानीमा माेटर वितरण गरिएकाे हाे ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ४० बजे