११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

रेवत सुवेदीले गरे दृष्टिविहिनलाई सहयोग





उर्लाबारी / दृष्टिविहिन दम्पती उर्लाबारी–५ का राजकुमार राईका परिवारलाई खाद्यन्न सामग्रीसहित राहत वितरण गरिएको छ ।
कमलादी फाउण्डेसनमा आबद्ध उर्लाबारी–७ का रेवत सुवेदीको पहलमा दृष्टिविहिन दम्पतिलाई सामग्री वितरण गरिएको हो ।
दृष्टिविहिन भएपनि मुढा बनाउँदै बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्थाका राई दम्पतिलाई राइस कुकर र खाद्यान्नसहित ५० हजार बढीको सर-सामान वितरण गरिएको हो ।
दृष्टिविहिनलाई राहत वितरण गर्दै उर्लाबारी–४ का समाजसेवी तथा कांग्रेस स्थानीय यूवा नेता सन्तोष भण्डारीले सानै भएपनि दृष्टि विहिनहरुलाई सहयोग गरेर पवित्र कार्य गर्न पाएकोमा खुसी ब्यक्त गरे। यस्तो कार्यमा सहयोग गरेकोमा रेवत सुवेदीलाई धन्यावाद ज्ञापन गर्न चाहन्छु भण्डारीले भने । अष्ट्रेलियामा अध्ययनका शिलशिलामा रहदै आएका रेवत सुवेदीले गरिब, दुःखी र असहायका लागि यसअघिपनि स्थानीयस्तरमा उल्लेख्यीय सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १५ बजे