११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज – १ कुञ्जिवारी स्थित बालकल्याण माविका प्रअलाई अख्तियारकाे पत्र



गाैरीगंज २८, जेठ / गाैरीगंज -१ कुञ्जिवारीस्थित बालकल्याण माविका प्रअ भिम काेईरालाले विद्यार्थी भर्नाकाे रकममा अनियमितता गरेकाे भन्दै छानविनका लागि अख्तियारले पत्र पठाएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अायाेग ईटहरीले जेठ १० छानविनका लागि गाैरीगंज गाउँपालिकामा उत्त पत्र पठाएकाे हाे ।
कक्षा१ देखि ५ सम्मकाे विद्यार्थी भर्ना रकममा अनियमितता गरेकाे, दिवा खाजा शिर्षकमा रकम हिनामिना गरेकाे, विज्ञान प्रयाेगशालाका लागि कुन – कुन निकायबाट के कति सहयाेग प्राप्त भएकाे र त्यसमा के कति खर्च भएकाे ?, विद्यालय भवन निर्माणका लागि के कति खर्च भएकाे ?, कुन प्रक्रियाबाट भवन निर्माण कार्य गरेकाे ? त्यसकाे सवै विल भर्पाईकाे विवरण उपलब्ध गराउन, भवनकाे रङ्ग राेगनमा भएकाे खर्चकाे विल भर्पाई र आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ काे लेखा परिक्षणकाे प्रतिवेदन बुझि विस्तृत विवरण उपलब्ध गराउन गाैरीगंज गाउँपालिकालाई पत्र पठाएकाे छ ।
गाैरीगंज गाउँपालिकाले जेठ २७ गते विहिवार (हिजाे) मात्र शिक्षा शाखाका अधिकृत केशव भट्टराईलाई स्थलगत निरीक्षण गरि प्रतिवेदन बुझाउन भनेकाे स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ३ : २२ बजे