४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राप्रपा गाैरादहले १२ बुँदेमागसहित नगरपालिकालाई बुझायाे ज्ञापनपत्र




गाैरादह २७, जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादहले विभिन्न १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादहका अध्यक्ष शान्तिराम पाैडेलले उत्त १२ बुँदे मागकाे ज्ञापनपत्र नगर प्रमुख राेहितकुमार साह र उपप्रमुख गिता भेटवाललाई संयुक्तरूपमा अाज विहिवार बुझाएकाे हाे ।
ज्ञापनपत्रमा राहत वितरणका लागि खरिद गरिएको र दाताबाट प्राप्त खाद्यान्न तथा जिन्सी सामग्रीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न मागसहित १२ बुँदे ज्ञापनपत्र बुझाएकाे हाे । राष्ट्रिय प्रजातन्त्र पार्टीका गाैरादह अध्यक्ष शान्तिराम पाैडेलद्वारा हस्ताक्षरित पत्रमा ‘गौरादहमा राप्रपा बलियो प्रतिपक्षीको भुमिका खेल्न तैयार छ र कुनैपनी भ्रष्टाचार र अनियमिताको हामी सशक्त प्रतिवाद गर्नेछौं ‘उल्लेख गरिएकाे छ ।
ज्ञापनपत्रमा कोभिड १९ का बिरामीलाई हस्पिटल सम्म लैजान र ल्याउनको लागि उचित निशुल्क व्यवस्थापन गर्नुपर्ने, संक्रमित र होम आइसोलेसनमा रहेका बिरामीलाई पोसिलो खानेकुरा र औषधिको प्रवन्ध गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै दैनिक ज्याला मजदुरी गर्नेहरूलाई राहत वितरण गर्न भनिएको छ ।
राहत सामाग्री गोदाम मै कुहिएको विषयमा स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग यथावत रहेकोले यसबारे तत्काल कदम चाल्न ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ४ : ३० बजे