गाैरीगंज १९, जेठ / ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् ।
दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन् ।
बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ ब्राउन सुगर र नेपाली नक्कली नाेट सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
उनको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउनेसमेत प्रहरीले जानकारी दिएको छ ।
१९ जेष्ठ २०७८, बुधबार
0
Shares