५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने



१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए ।

मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ४८ बजे