१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान



गौरीगंज ३, जेठ /झापा उद्योग वाणिज्य संघ गौरीगंजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई सहयोग गरेको हो ।
संघका अध्यक्ष तथा वार्ड नं. ३ का अध्यक्ष मखना महतोले आज इलाका प्रहरी कार्यालय गौरीगंज, सशस्त्र सीमा सुरक्षा बल गौरीगंज र अस्थायी प्रहरी पोष्ट आमगाछीलाई मास्क र सेनिटाइजर प्रदान गरेको हो । उक्त स्वास्थ्य सामाग्रीहरु प्रहरी निरीक्षकहरु राकेश रेग्मी, महेश विष्ट र सुशिल अधिकारीले ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ३ : ४१ बजे