२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सिमा नाकामा प्रहरी उपरीक्षक भट्टराईकाे नजर, निषेधाज्ञा पालन गर्न आम नागरिकलाई आग्रह



गाैरीगंज २६, बैशाख / झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक सम्पुर्ण यात्रु ओसारपासार गर्ने सवारी साधनलाई राेक लगाई निषेधाज्ञालाई पुर्णरूपमा पालना गराईरहेकाे बताएका छन् ।
सिमा नाका निरीक्षण गर्ने क्रममा आज झापाकाे गाैरीगंज -५ खजुरगाछी फत्तेपुरमा प्रहरी प्रमुख भट्टराईले यस्ताे बताएका हुन् ।
खुल्ला सिमानाका कारण झापामा काेराेना संक्रमण बढ्न सक्ने भएकाे हुदाँ सिमा नाका निरीक्षण गरि कडाई गरिएकाे र अावतजावतलाई पुर्णरूपमा बन्देज गरिएकाे उनले बताए ।
विदेशी नागरिकलाई नेपाल प्रवेशमा पुर्णरूपमा राेक लगाईएकाे र भारतबाट अाउने नेपालहरूलाई हाेल्डिङ्ग सेन्टरमा राखि ज्वरो नाप्ने, एन्टीजेन्ट परिक्षण र आवश्यक परामर्श पछि मात्र घर पठाउने गरिएकाे उनले बताए ।
काेराेना संक्रमण राेक्न कडारूपमा प्रस्तुत हुन प्रहरीकाे बाध्यता रहेकाेले अाम झापाली नागरिकलाई साथ र सहयाेग गर्न हुन प्रहरी प्रमुख भट्टराईले अनुराेध समेत गरे ।
काेराेना संक्रमितहरूका लागि अत्यावश्यक अक्सिजन ग्यासकाे अभाव हुन नदिन र कालाेवजारी हुन नदिन झापा प्रहरी सजग रहेकाे बताउँदै उनले त्यसकाे सहज उपलब्धताकाे लागि सक्रिय रहेकाे बताए ।


काेराेना संक्रमणबाट बच्न राेकथामकाे उपायका बारेमा नागरिकलाई सचेत गराउनुकाे साथै नागरिकलाई शान्ति सुरक्षाकाे अनुभुति दिनाउन , अदालती काम कार्वाहीमा नियमितरूप प्रहरीले सेवा दिईरहेकाे र स्वास्थ्य मापदण्डहरू अपनाउँदै काेराेना भाईरसकाे संक्रमणबाट बच्न मजुदा जनशक्तिलाई परिचालन गरेर अधिकत्तम सेवा दिईने ब्यवस्था गरिएकाे उनले जानकारी गराए ।
काेराेना संक्रमण मान्छेबाट ट्रान्समिसन हुने भएकाेले छुट्टा छुट्टै बसेर अनावश्यक घरबाट बाहिर ननिस्की प्रमुख जिल्ला अधिकारीबाट लागू गरिएकाे निषेधाज्ञा पुर्णरूपमा पालना गर्न अाम झापाली नागरिकलाई प्रहरी प्रमुख भट्टराईले अनुराेध गरेका छन् । अनुगमन टाेलीमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी र सशस्त्र सिमा सुरक्षा वल गाैरीगंजका प्रहरी निरीक्षक महेश  बिस्ट थिए ।

 

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ५० बजे