४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -१ मा १६ जनामा काेराेना संक्रमण पुष्टि



गाैरीगंज २३, बैशाख / गाैरीगंज गाउँपालिकामा १६ जनामा आज काेराेना पाेजिटिभ पुष्टि भएकाे छ । गाउँपालिकाले वैशाख २१ गते गाउँपालिका भरिका ८१ जनाकाे पिसिआर परिक्षणका लागि स्वाव लिदा वार्ड नं. १ का १५ जना र वार्ड नं. ४ का १ जना महिलालाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हाे । उनीहरूकाे स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि प्रादेशिक काेभिड अस्पताल विराटनगर पठाईएकाे थियाे । उनीहरूकाे उमेर र लिङ्ग खुलि नसकेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी अनुप शर्माले जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : ०२ बजे