१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकका लक्ष्मी संग्रौलाद्वारा निःशुल्कमा एम्बुलेन्स सेवा दिने घोषणा



 


दमक २१, बैैैैैशाख/  हाल कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभाबका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ । यस्तो बिषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्नुहुने केन्द्रिय कार्य सम्पादन समिति सदस्य राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउन अक्सिजन सहितको एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराउन घोषणा गरेका छन् ।

झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकासँगै दमक नगरपालिका र कमल गाउँपालिकाभित्रका कोभिड संक्रमितहरुलाई अक्सिजन सहितको एम्बुलेन्समा अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरी संकटको घडीमा सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।

यस्तै अक्सिजन अभाब भईरहेको समाचार बाहिर आएसँगै उनले अक्सिजनको समेत प्रबन्ध मिलाउने तयारी गरिरहेको बताएका छन् । सेवा लिनका लागि सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीलाई ९८५२६६१६०४ नम्बरमा, पर्दाफास मिडिया नेटवर्क प्रा.ली.का प्रबन्ध निर्देशक सान नेपाललाई ९८४१७६१७८८ नम्बरमा र गौरादह ७ निवासी जय गुरुङलाई ९८१४०९०२९३ नम्बरमा र भरिपूर्ण राईलाई ९८१४३६१९२५ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ । उनले संकटको घडीमा सबैले सबैलाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ०२ बजे